काठमाडौं । विश्वभरको युद्धग्रस्त क्षेत्रमा यौन हिंसा विरुद्ध काम गरेका कंगोका चिकित्सक डेनिस मुकवेगे र यजीदी कार्यकर्ता नादिया मुरादलाई २०१८को नोबेल शान्ति पुरस्कार दिइने भएको छ ।
नोबेल समितिका अध्यक्ष बेरिस रेइस एडरसनले यो नामको घोषणा गर्दे भने “यी दुबैलाई यौन हिंसालाई युद्धको हतियारद्धारा प्रयोग निषेध लगाउने यिनिहरुको प्रयासको लागी चुनीएको छ । दुबै वैश्विक अभिशाप विरुद्ध संघर्षका उदाहरण हुन्” । शान्तिको नोबेल पुरस्कार दिने समितिका अनुसार यो पटक २१६ ब्यक्ति र ११५ संगठनलाई नामित गरीएको थियो ।
प्रत्येक बर्ष यो पुरस्कार ति ब्यक्ति वा संगठनलाई दिइन्छ जसले विश्वमा शान्तिको लागी आफनो योगदान दिएको होस वा शान्तिको लागी कोशिश गरेको होस् । यो बर्ष शान्तिको नोबेल पुरस्कारको लागी ३३१ मानिसहरुलाई नामित गरीएको थियो । नामांकित गरिएको ब्यक्तिहरुमा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रप, उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरीयाका राष्ट्रपति मुन–जे–इन र पोप फ्रांसिस जस्ता ब्यक्तिहरुको नाम पनि समावेश थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…