जापानमा अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव हुने

टोकियो सेप्टेम्बर ५ । अन्तरास्ट्रीय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर र नेपाल हाइकु केन्द्रको सन्युक्त आयोजनामा जापानमा अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव २०१८ को आयोजना हुने भएको छ । बि.स. २०६२ सालमा पहिलो पटक नेपालमा भएको हाइकु महोत्सवको दोस्रो सन्स्करण अनेसास सँग मिलेर यसपटक हाइकुको उदगम थलोमा गर्ने निधो भएको कुरा नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले बताएका छन् ।

महोत्सवमा जापानका केहि चर्चित हाइकु कविहरुले पनि दरीलो सहभागिता जनाउने भएका छन । सम्मेलनमा भाग लिनको निम्ती युरोप, अमेरिका, नेपाल लगाएतका क्षेत्रमा नेपाली हाइकु लेखनमा सक्रिय कविहरुको उपस्थित हुने जनाइएको छ । कार्यक्रम यही सेप्टेम्बर ३० तारिक आइतवार टोकियो स्थित शिन-ओकुबोमा रहेको नेपाली मुरा हलमा हुने र कार्यक्रमको सम्पुर्ण आन्तरिक तयारी भइसकेको जनाइएको छ ।

‘कायक्रमको सम्पूर्ण आन्तरिक तयारी भइसकेको छ । नेपालसहित विश्वभरिका हाइकु लेखकलाई हामीले निम्त्याइसकेका छौं ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) का वरिस्ठ उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ले भने, ‘हाइकुको उदगमस्थल भएकोले पनि यसपटकको सम्मेलन जापानमा गर्ने योजना बनेको हो । नेपाली हाइकु कवि र जापानी हाइकु कविको बिचमा घनिभुत समबन्ध स्थापना गरी हाइकुको माध्यमबाट नेपालमा साहित्यिक पर्यटक भित्र्याउने उदेस्यले पनि कार्यक्रमको आयोजना गर्न लागीएको हो ।’

१३ वर्षदेखि जापानलाई कर्मभुमी बनाएका प्रकाश पौडेल ‘माइला’ नेपाली हाइकुका विकासकर्ता एबम खोजकर्ता मानिन्छन् । पौडेलको नेतृत्वमा नेपाली हाइकु म्यागेजिन तथा अनलाइन सामग्री नियमित प्रकाशन हुँदै आएको छ । हालै मात्र उनले रामकुमार पाडे सँग मिलेर ‘हजार हाइकु’ बजारमा ल्याएका थिय । साहित्यकार शंकर लामिछानेले बि. स. २०१९ सालमा जापानबाट नेपालमा हाइकु भित्र्याएका हुन । हाल नेपालमा हाइकु लेखिने र लोकप्रियता चुलिने क्रम तिब्र भएको छ ।

‘अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव २०१८ जापानमा आयोजना हुनुलाई नेपाल र जापान बिचमा अब साहित्यको माध्यमबाट नया सम्बन्ध बिकसित हुने आकलन गर्न सक्छौ ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठकले भने, ‘यसबाट नेपाली साहित्यलाई अन्तराट्रीयकरण गर्न निकै सहजता हुन्छ ।

कार्यक्रम सफल पार्नको लागि प्रकाश माइला सन्योजक र दीप पाठक सह-सन्योजक रहेको मुल आयोजक समिती गठन गरीएको छ भने सल्लाहकारहरु चयन गर्नुको साथै बिभिन्न उप-समितीहरु पनि गठन गरीएका छ्न ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago