केपी ओली सरकारले पछिल्लो शेरबहादुर देउवा मन्त्रिपरिषदले गत भदौ १४ गतेयता फागुन २ गतेसम्म गरेका सबै नियुक्तिका निर्णयहरु उल्ट्याउने भएको छ।
बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसअनुसार विभिन्न ठाउँमा देउवा सरकारले नियुक्त गरेका पदहरुमा ओली सरकारले पुनर्नियुक्ति गर्ने भएको हो। त्यस्तै, बैठकले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकलाई फिर्ता गरेर अर्को परिमार्जित विधेयक लैजाने निर्णयसमेत गरेको छ।
त्यस्तै, वाणिज्य सचिव चन्द्र घिमिरेलाई चीनमा पारवहन सन्धिका लागि पठाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।
सरकारले स्थानीय तहका निर्वाचित पदाधिकारीहरुले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने र त्यसको विवरण जिल्ला समन्वय समितिमा राख्ने निर्णयसमेत गरेको छ।
त्यस्तै प्रदेश सरकारका सांसद तथा मन्त्रीहरुको सम्पत्ति विवरण पनि मुख्यमन्त्रीले राख्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…