प्रधानमन्त्री केपिओलि हेटौंडालाइ स्थायी राजधानी बनाउन सकारात्मक

हेटौडा, २२ बैशाख – प्रदेश न ३ का मुख्य मन्त्री डोरमणि पौडेल , मकवानपुर नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल हेटौडा उपमहानगरपालिकाका मेयर,उपमेयर, प्रदेश न ३ का महान्यायाधिबक्ता ,एमाले केन्द्रिय सदस्य केदार न्यौपाने लगायतको समुहले प्रधानमन्त्री केपी शर्मा वलीलाइभेटि हेटौडालाइ नै प्रदेश न ३ को स्थायी राजधानी बनाउन ध्यानाकर्षण गराएका छन् ।
आज चितवनमा भएको कार्यक्रममा पुगेका प्रधानमन्त्रीलाइ उक्त ध्यानाकर्षण गराइएको हो।
बिभिन्न नीति नियम बनाएर बिकाश निर्माणमा लाग्नु पर्ने बेलामा, बेला बेलामा निस्कने राजधानीको बिषयले जिल्लाबासीमा नै अन्योलता थपिएको , बिभिन्न भौतिक संरचना सबै तयार भै सकेको अवस्थामा यो अन्योलता लामो समय राख्नु उपयुक्त नहुने भएकोले स्थायी राजधानी बनाउन प्रधानमन्त्रीको ध्यानकर्षण गरिएको अध्यक्ष मुनु सिग्देलले बताइन् ।
ध्यानाकर्षण पत्रमा ठुला युरोपियन देशहरु लगायत भारतको उदाहरण हेर्दा पनि राजधानी बिचमै हुनु पर्छर हेटौडा छेउमा पर्यो भन्ने कुरामा कुनै तुक नभएको जनाइएको छ। काठमाडौँ उपत्यकामा अत्यधिक जनघनत्वको कारण बायु प्रदुषण रहेको र काभ्रे ,भक्तपुर लगायत ठाउँहरुको पनि राजधानीको बिषयमा चर्चा चलिरहदा यसको थप जनसंख्याको चाप पनि त्यहि थपिने हुनाले पनि स्थाई राजधानी हेटौडालाइ नै बनाउन माग गरिएको छ।
केन्द्रिय राजधानीको बाहिर व्यवस्थित बैकल्पिक शहर बनाइ विकास गर्नु पर्छ भन्नेमा अरु दलहरुको पनि मान्यता भएकोले उपत्यका पछाडी हेटौडा नै उपयुक्त हुने जनाइएको छ।प्रधानमन्त्रिले राजधानीको बिषयमा सबै अधिकार प्रदेश सभालाइ नै दिएको र हेटौडालाइ स्थाई राजधानी बनाउन आफु सकारात्मक रहेको कुरा प्रदेश न ३ का मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिब अनुप पौडेलले बताए।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago