प्रधानमन्त्री केपिओलि हेटौंडालाइ स्थायी राजधानी बनाउन सकारात्मक

हेटौडा, २२ बैशाख – प्रदेश न ३ का मुख्य मन्त्री डोरमणि पौडेल , मकवानपुर नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल हेटौडा उपमहानगरपालिकाका मेयर,उपमेयर, प्रदेश न ३ का महान्यायाधिबक्ता ,एमाले केन्द्रिय सदस्य केदार न्यौपाने लगायतको समुहले प्रधानमन्त्री केपी शर्मा वलीलाइभेटि हेटौडालाइ नै प्रदेश न ३ को स्थायी राजधानी बनाउन ध्यानाकर्षण गराएका छन् ।
आज चितवनमा भएको कार्यक्रममा पुगेका प्रधानमन्त्रीलाइ उक्त ध्यानाकर्षण गराइएको हो।
बिभिन्न नीति नियम बनाएर बिकाश निर्माणमा लाग्नु पर्ने बेलामा, बेला बेलामा निस्कने राजधानीको बिषयले जिल्लाबासीमा नै अन्योलता थपिएको , बिभिन्न भौतिक संरचना सबै तयार भै सकेको अवस्थामा यो अन्योलता लामो समय राख्नु उपयुक्त नहुने भएकोले स्थायी राजधानी बनाउन प्रधानमन्त्रीको ध्यानकर्षण गरिएको अध्यक्ष मुनु सिग्देलले बताइन् ।
ध्यानाकर्षण पत्रमा ठुला युरोपियन देशहरु लगायत भारतको उदाहरण हेर्दा पनि राजधानी बिचमै हुनु पर्छर हेटौडा छेउमा पर्यो भन्ने कुरामा कुनै तुक नभएको जनाइएको छ। काठमाडौँ उपत्यकामा अत्यधिक जनघनत्वको कारण बायु प्रदुषण रहेको र काभ्रे ,भक्तपुर लगायत ठाउँहरुको पनि राजधानीको बिषयमा चर्चा चलिरहदा यसको थप जनसंख्याको चाप पनि त्यहि थपिने हुनाले पनि स्थाई राजधानी हेटौडालाइ नै बनाउन माग गरिएको छ।
केन्द्रिय राजधानीको बाहिर व्यवस्थित बैकल्पिक शहर बनाइ विकास गर्नु पर्छ भन्नेमा अरु दलहरुको पनि मान्यता भएकोले उपत्यका पछाडी हेटौडा नै उपयुक्त हुने जनाइएको छ।प्रधानमन्त्रिले राजधानीको बिषयमा सबै अधिकार प्रदेश सभालाइ नै दिएको र हेटौडालाइ स्थाई राजधानी बनाउन आफु सकारात्मक रहेको कुरा प्रदेश न ३ का मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिब अनुप पौडेलले बताए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago