संघीय समाजवादी फोरमले बरिष्ठ उपाध्यक्ष लालबाबु राउतलाई प्रदेश नम्बर २ को मूख्यमन्त्री उम्मेदवार तय गरेको छ । फोरमको करिब पाँच घण्टासम्म चलेको वैठकले राउतलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
‘सर्वसम्मतरुपमा बरिष्ठ नेता राउतजीलाई संसदीय दलको नेता चयन गरेका छौँ ।’ प्रदेशसभा सांसद ज्ञानेन्द्रकुमार यादवले सनराइज जे एन सँग भने,‘उहाँ नै मुख्यमन्त्रीको उम्मेदवार हो ।’ राउत पर्साका स्थानीय वासिन्दा हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
बैठकमा राउतसहित विजय यादव, शैलेन्द्र साह, कौशल कुमार यादव, योगेन्द्र यादव, प्रल्हाद गिरी र सरोजकुमार सिंहले संसदीय दलको नेतामा दाबेदारी प्रस्तुत गरेका थिए ।
उक्त नाममा सहमति हुन नसकेपछि वैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार चयन गर्ने जिम्मेवारी दिएको थियो । सोही अनुसार यादवले सबैसँग छलफल गरेर राउतलाई नै संसदीय दलको नेता एवं मुख्यमन्त्री बनाउने निर्णय सुनाएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…