महिला गुप्तांग बारेका १० रोचक तथ्यहरु-जुन तपाईलाई आज सम्म थाहा नहुन सक्छ |

यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ जस्को करण हो लाज । महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । योनी बारेका १० रोचक तथ्य हरु हामी यसरी जानकारी गराउने प्रयास गरेका छौ :-

१. योनीको औषत आकार ३-४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ
८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

इनै हुन रोचक कुराहरु |

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago