कुवेतमा मदिरा उत्पादन र वेश्यालय सन्चालन गर्ने ४ नेपाली पक्राउ

दया निधी काफ्ले कुबेत :- कुवेतको मिश्रिफ क्षेत्रमा कुवेत प्रहरिको बिशेष टाष्कफोर्स सुरक्षा समुहले छापा मारी घरेलु मदिरा उत्पादन कारखाना र वेश्यालय एकै ठाउँमा सन्चालन गर्ने चार नेपाली नागरिकहरुलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा दुई महिला र दुई पुरुष रहेका छन।

कुवेतको अरबटाइम्समा जनावरी-३ तारिक २०१८ मा प्रकाशित समाचारमा भनिएको छ”सुरक्षा स्रोतहरूको अनुसार, जब विशेष टास्कफोर्सले गैरकानूनी गतिविधिहरूमा संलग्न चार नेपालीहरुको बारेमा सूचना प्राप्त गर्यो, उनिहरुले निगरानी गरी राखे।उनिहरुलाई प्राप्त जानकारी र प्रमाणका आधारमा मिश्रिफ स्थित उक्त घरमा छापा मार्दा बिशेष बिरुवाबाट निर्माण गरीने घरेलु मदिराका साथ उक्त घरेलु मदिरा राख्न प्रयोग गरिने ६० वटा ब्यारेल(सिलिन्डर जस्तो देखिने पेय पदार्थ राख्न प्रयोग गरिने ठुला कन्टेनर)हरु,घरेलु मदिरा प्रशोधन तथा उत्पादन गर्न प्रयोग गरिने उपकरणहरु सहित ति नेपाली नागरिकहरुलाई पक्राउ गरीएको हो।

छापा मारिएको उक्त घरबाट २ जना पुरुष र २ जना महिला नेपाली कामदारहरु पक्राउ परेका थिए।समाचारमा जनाइए अनुसार घट्नाको प्रारम्भिक छानबिनमा ति दुई नेपाली पुरुषहरुले घरेलु मदिरा उत्पादन र बिक्री गर्ने गरेको स्विकारेका छन।त्यसै गरी पक्राउ परेका ति दुई नेपाली महिलाहरुले आफु खुशीमै पैसा लिएर यौन ब्यबसायमा समंलग्न भएको स्विकारेका छन।

पक्राउ गरिएका ति ४ नेपाली नागरिकहरुलाई कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ भने पक्राउ गरिएका नेपालीको नाम,ठेगाना तथा कम्पनी लगाएत अन्य जानकारी भने खुलाईएको छैन।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago