कुवेतमा मदिरा उत्पादन र वेश्यालय सन्चालन गर्ने ४ नेपाली पक्राउ

दया निधी काफ्ले कुबेत :- कुवेतको मिश्रिफ क्षेत्रमा कुवेत प्रहरिको बिशेष टाष्कफोर्स सुरक्षा समुहले छापा मारी घरेलु मदिरा उत्पादन कारखाना र वेश्यालय एकै ठाउँमा सन्चालन गर्ने चार नेपाली नागरिकहरुलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा दुई महिला र दुई पुरुष रहेका छन।

कुवेतको अरबटाइम्समा जनावरी-३ तारिक २०१८ मा प्रकाशित समाचारमा भनिएको छ”सुरक्षा स्रोतहरूको अनुसार, जब विशेष टास्कफोर्सले गैरकानूनी गतिविधिहरूमा संलग्न चार नेपालीहरुको बारेमा सूचना प्राप्त गर्यो, उनिहरुले निगरानी गरी राखे।उनिहरुलाई प्राप्त जानकारी र प्रमाणका आधारमा मिश्रिफ स्थित उक्त घरमा छापा मार्दा बिशेष बिरुवाबाट निर्माण गरीने घरेलु मदिराका साथ उक्त घरेलु मदिरा राख्न प्रयोग गरिने ६० वटा ब्यारेल(सिलिन्डर जस्तो देखिने पेय पदार्थ राख्न प्रयोग गरिने ठुला कन्टेनर)हरु,घरेलु मदिरा प्रशोधन तथा उत्पादन गर्न प्रयोग गरिने उपकरणहरु सहित ति नेपाली नागरिकहरुलाई पक्राउ गरीएको हो।

छापा मारिएको उक्त घरबाट २ जना पुरुष र २ जना महिला नेपाली कामदारहरु पक्राउ परेका थिए।समाचारमा जनाइए अनुसार घट्नाको प्रारम्भिक छानबिनमा ति दुई नेपाली पुरुषहरुले घरेलु मदिरा उत्पादन र बिक्री गर्ने गरेको स्विकारेका छन।त्यसै गरी पक्राउ परेका ति दुई नेपाली महिलाहरुले आफु खुशीमै पैसा लिएर यौन ब्यबसायमा समंलग्न भएको स्विकारेका छन।

पक्राउ गरिएका ति ४ नेपाली नागरिकहरुलाई कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ भने पक्राउ गरिएका नेपालीको नाम,ठेगाना तथा कम्पनी लगाएत अन्य जानकारी भने खुलाईएको छैन।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago