काभ्रे कार्तिक १८ । पनौती नगरपालिकाले कृषकले पाडापाडीकाे जन्मदर्ता गरेमा भैँसीलाई ‘सुत्केरी भत्ता’ बापत ५ हजार दिने गरेको छ। भैँसी सुत्केरी भत्ता वितरण गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा आठ लाख रुपैयाँ छुट्याएको छ।
नगरप्रमुख भीम न्यौपाने भैँसी सुत्केरी भएको हेर्न किसानको गोठ-गोठमा पुग्ने गरेका छन्। भैँसीपालक किसानलाई प्रोत्साहन गर्न नगरले भैँसीका पाडापाडी दर्ता अभियान पनि थालेको छ।
व्यावसायिक पशुपालनमा किसानलाई प्रोत्साहन दिन नगरपालिकाले भैँसी सुत्केरी खर्च उपलब्ध गराउन थालेको न्यौपानेले जानकारी दिए। ‘किसानलाई भैँसीपालनमा आकर्षित गरी आत्मनिर्भर बनाउन भैँसी सुत्केरी कार्यक्रम सुरु गरेका हौँ,’ उनले भने।
तर भत्ता लिन किसानले भैँसीकाे बिमा समेत अनिवार्य लिनुपर्छ। जन्मदर्ता गरिएको पाडी पछि सुत्केरी भएमा किसानलाई २० हजार रुपैयाँ थप ‘पालनपोषण’ भत्ता उपलब्ध गराइने पशुपक्षी चिकित्सक मणि सापकोटाले जानकारी दिए, याे समाचार अन्नपूर्ण साभार गरियको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…