काभ्रे कार्तिक १८ । पनौती नगरपालिकाले कृषकले पाडापाडीकाे जन्मदर्ता गरेमा भैँसीलाई ‘सुत्केरी भत्ता’ बापत ५ हजार दिने गरेको छ। भैँसी सुत्केरी भत्ता वितरण गर्न नगरपालिकाले चालू आर्थिक वर्षमा आठ लाख रुपैयाँ छुट्याएको छ।
नगरप्रमुख भीम न्यौपाने भैँसी सुत्केरी भएको हेर्न किसानको गोठ-गोठमा पुग्ने गरेका छन्। भैँसीपालक किसानलाई प्रोत्साहन गर्न नगरले भैँसीका पाडापाडी दर्ता अभियान पनि थालेको छ।
व्यावसायिक पशुपालनमा किसानलाई प्रोत्साहन दिन नगरपालिकाले भैँसी सुत्केरी खर्च उपलब्ध गराउन थालेको न्यौपानेले जानकारी दिए। ‘किसानलाई भैँसीपालनमा आकर्षित गरी आत्मनिर्भर बनाउन भैँसी सुत्केरी कार्यक्रम सुरु गरेका हौँ,’ उनले भने।
तर भत्ता लिन किसानले भैँसीकाे बिमा समेत अनिवार्य लिनुपर्छ। जन्मदर्ता गरिएको पाडी पछि सुत्केरी भएमा किसानलाई २० हजार रुपैयाँ थप ‘पालनपोषण’ भत्ता उपलब्ध गराइने पशुपक्षी चिकित्सक मणि सापकोटाले जानकारी दिए, याे समाचार अन्नपूर्ण साभार गरियको छ ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…