काठमाडौं । सगरमाथा चढ्न नक्कली ‘आरोहणपत्र’ : सेभेन समिट ट्रेक्सका तीन कर्मचारी पक्राउ काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि नक्कली आरोहणपत्र बनाउने कार्यमा संलग्न तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सेभेन समिट ट्रेक्स प्रालिमा लिगल डिपोर्टमेन्ट हेडको रुपमा कार्यरत निभेश कार्की, मार्केटिङ मेनेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल रहेका छन् ।
सेभेन समिट ट्रेक्स प्रा.लि.मार्फत सगरमाथा आरोहण गर्न तयार भएको ‘१४ पिक एक्सपेरियन्स एभरेष्ट एक्सपेडिसन–२०१८’ नामक आरोहण दलको आरोहण अनुमतिपत्र पर्यटन विभागबाट बुझेर अभियुक्तहरुले सो अनुमतिपत्रमा भएको १२ जनाको नाममा १ चाईनिज र अर्का १ अष्ट्रेलियन नागरिकको नाम थप गरेर किर्ते गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
पर्यटन विभागबाट जारी भएको आरोहण अनुमतिपत्र लुकाएर उनिहरुले सोही मिती र परमिट नम्बर राखेर नक्कली अनुमती पत्र बनाउँदै सेभेन समिट ट्रेक्स प्रालिमा पेश गरेका थिए ।
सोही किर्ते पत्रको छाँयाप्रति सगरमाथा प्रदुषण नियन्त्रण समिति, सोलुखुम्बुमा पेश गर्दा विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको पत्रमा आरोही संख्या फरक परेपछी केन्द्रिय अनुसन्धान ब्यूरोले यसबारे अनुसन्धान शुरु गरेको बताईएको छ
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…