काठमाडौं भाद्र १९ । महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ ।नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो ।
उक्त प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यू डायमण्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको समूह ‘ए’ मा चितवन, न्यू डायमण्ड र आर्मी तथा समूह ‘बी’मा पुलिस, एपीएफ र पोखरा छन् । लिगको विजेताले रु ६ लाख, उपविजेताले रु ३ लाख तथा तेस्रो हुनेले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । यो भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटरसहित रु ५० हजार पुरस्कार दिइनेछ । सोमबार एक कार्यक्रमका बीच प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।
नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीअबाधी फाउण्डेशनका प्रमखु कार्यकारीे दिनेशकुमार सिंहले संयुक्तरूपमा उक्त ट्रफी सार्वजनिक गर्नुभयो । प्रतियोगितामा सहभागी टोलीले तीन÷तीन विदेशी खेलाडीसमेत राख्न पाउने महासचिव चन्दले जानकारी दिनुभयो । प्रतियोगिता आयोजना गर्न सङ्घ र आधीअबाधीबीच गत साउन १७ गते दश वर्षका लागि सम्झौता भएको थियो । सो सम्झौताअनुसार आधीअबाधीले नेपाल भलिबल सङ्घलाई प्रत्येक वर्ष रु १५ लाख प्रदान गर्नेछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…