काठमाडौं – मलेसियाको क्वालालम्पुरको यूकेएम ओभलमा भएको एसिया कप छनोट खेलमा नेपालले हङकङसँगको खेलमा सुरुदेखि नै खराब प्रदर्शन गर्यो उक्त खेलमा टस जितेर ब्याटिङ थालेको सबै विकेट गुमाएर ९५ रन मात्रै बनाउन सकेको छ ।
सुरुदेखि नै खराब प्रदर्शन थालेको नेपालका लागि एसिया कपमा छनौट हुने सम्भावना अब लगभाग सकिएको छ । नेपालले हङकङलाई ९६ रनको झिनो लक्ष्य दिँदै अलआउट भएको हो । ३७ ओभर पाँच बलमा सबै विकेट गुमाएर नेपाल ९५ रनमै आउट भएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रनको योगदान दिए ।
यस्तै अनिल कुमार साहले १५, कप्तान पारस खड्काले १४, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ तथा बसन्त रेग्मीले १५ रन बनाए ।नेपालका ओपनर सुवास खकुरेल शुन्यमै आउट भएका थिए । नेपालसँगको खेलमा हङकङका एहसान खानले चार तथा तनविर अफजल र मोहम्मद अजिज खानले दुई(दुई विकेट लिँदै नेपाललार्इ ९५ रनमै रोकेका हुन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…