एसिया कप छनोट खेलमा नेपाल सबै विकेट गुमाएर ९५ रनमै अल अाउट

काठमाडौं – मलेसियाको क्वालालम्पुरको यूकेएम ओभलमा भएको एसिया कप छनोट खेलमा नेपालले हङकङसँगको खेलमा सुरुदेखि नै खराब प्रदर्शन गर्यो उक्त खेलमा टस जितेर ब्याटिङ थालेको सबै विकेट गुमाएर ९५ रन मात्रै बनाउन सकेको छ ।

सुरुदेखि नै खराब प्रदर्शन थालेको नेपालका लागि एसिया कपमा छनौट हुने सम्भावना अब लगभाग सकिएको छ । नेपालले हङकङलाई ९६ रनको झिनो लक्ष्य दिँदै अलआउट भएको हो । ३७ ओभर पाँच बलमा सबै विकेट गुमाएर नेपाल ९५ रनमै आउट भएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक १८ रनको योगदान दिए ।

यस्तै अनिल कुमार साहले १५, कप्तान पारस खड्काले १४, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ तथा बसन्त रेग्मीले १५ रन बनाए ।नेपालका ओपनर सुवास खकुरेल शुन्यमै आउट भएका थिए । नेपालसँगको खेलमा हङकङका एहसान खानले चार तथा तनविर अफजल र मोहम्मद अजिज खानले दुई(दुई विकेट लिँदै नेपाललार्इ ९५ रनमै रोकेका हुन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago