पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई अल्टिमेटम ,१ सय २० दिनको समय ।

काठमाडौं भाद्र १९ । पूर्व अधिराजकुमारी प्रेरणा शाह बस्दै आएको छाउनीस्थित विजयावास खाली गराउन सरकारले शाहलाई मंसिर पहिलो सातासम्मको समयावधि दिएको छ। साउन दोस्रो साता ४ महिनाभित्र बिजयावास खाली गरिदिनु पर्ने बेहोरा सहितको पत्र नेपाल ट्रष्टको कार्यालयले पूर्व अधिराजकुमारी शाहलाई बुझाएको हो।

ट्रष्ट कार्यालय स्रोतका अनुसार, १ सय २० दिनको समयावधि राखेर सरकार मातहतको ट्रष्टले विजयावासमा पत्र बुझाएको थियो। पत्रमा निर्धारण गरिएको १ सय २० दिनको अवधि ६ मंसिरभित्र पुग्छ। त्यस अवधिभित्र विजयावास खालि गरिदिन सो पत्रमा उल्लेख गरिएको छ।

‘हामीले विजयावासमा पत्र दिएका छौँ, त्यहाँका कर्मचारीले पत्र बुझेका छन्’ ट्रष्ट कार्यालय स्रोतले भन्यो, ‘त्यस अवधिमा उहाँले विजयावास खाली गरिदिनुपर्छ।’ पूर्व अधिराजकुमारी शाहले पिता ज्ञानेन्द्रले विवाहमा दाइजोस्वरुप दिएको दावी गरेपनि सर्वाेच्च अदालतले सो घरजग्गा सरकारको हुने फैसला गरेको थियो।

२१ पुस २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधानको पूर्ण इजलासले यस्तो निर्णय गरेको हो। यद्यपी, कार्की अघिका प्रधानन्यायाधीश रामकुमार प्रसाद शाहको इजलासले चाहिँ १५ रोपनी क्षेत्रफलमा रहेको सो घर र जग्गा प्रेरणाकै हुने फैसला सुनाएको थियो।

त्यसपछि नेपाल ट्रष्टले फैसला उपर पुनरावेदन गरेको थियो र प्रधानन्यायाधीश कार्कीको इजलासले त्यसलाई नेपाल ट्रष्टको हुने अन्तिम निर्णय सुनायो। ०७३ पुसमा नै सर्वाेच्चको पूर्ण इजलासले फैसला गरेपनि फैसलाको पूर्ण पाठ नआएकाले प्रेरणाले विजयावास छाडिनन्।

जब ६ चैत ०७४ मा सो फैसलाको पूर्ण पाठ प्रकाशित भयो, त्यसयता नेपाल ट्रष्टले विजयावास छाडिदिन पत्राचार गर्दै आएको छ।तर, प्रेरणाले विजयावास छाड्न नमानेपछि १ सय २० दिन (४ महिना) को समायवधिभित्र खाली गरिदिन पत्राचार गरेको हो। नेपाल खबर बाट

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago