रुपन्देही , श्रावण १९ नारायण कोइराला :- धर्म परिर्वतन मुक्त नेपाल, जातिय छुवाछुत मुक्त नेपाल र सनातन हिन्दू अधिराज्य नेपाल भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै आएको हिन्दू जागरण नेपालले देशका विभिन्न जिल्ला र स्थानिय तहमा आफ्नो संगठनलाई विस्तार गर्ने कार्य अनुरुप आज रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिकामा माधवि शर्मा वाग्लेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति र तिन सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।
जसको उपाध्यक्षमा राधा नेपाल, सचिवमा भिमा खनाल कोषाध्यक्षमा रामप्रसाद काफ्ले, सहसचिवमा उमकान्त चापागाई रहेका छन् भने सदस्यहरुमा केशव अधिकारी, मोहनलाल भट्राई, नारायण नेपाल, रुद्र बहादुर पछाई, विष्णुमायाँ भुषाल, इन्दिरा के.सी. सुनिता सिलवाल, शिला क्षेत्री, कृष्ण शाही, मधु जि.सी., गंगा पाण्डे क्षेत्री, निर्मला ठकुरी रहेका छन् । समिति सल्लाहकारको रुपमा बरिष्ट समाजसेवी श्री भिमलाल अधिकारी, बरिष्ट समाजसेवी डि.आर. शर्मा वाग्ले र पुर्व मन्त्रि प्रकाश चित्रकार रहेका छन् ।
कार्यक्रम जिल्ला शाखाका अध्यक्ष उमा ढकालको अध्यक्षतामा र गोब्रति योगी सोमराज जी महाराजको प्रमुख आतिथ्यता रहेको थियो । बृहत धार्मिक सत्संग कार्यक्रमका प्रमुख बक्क्त योगी सोमराज जी महाराजले हिन्दू धर्म सतानतदेखि चलिआएको प्रकृति पुजकको रुपमा रहेको विश्वको सबै भन्दा बैज्ञानिक र पुरानो धर्म समेत रहेको कुरा बताउनु भएको थियो ।
सत्संग कार्यक्रम पछि राधे परिवार सिद्धार्थनगरको तर्फबाट सुमधुर धार्मिक भजनको आयोजना समेत गरिएको थियो । कार्यक्रममा हिन्दू जागरण नेपालका केन्द्रिय संगठन विभाव प्रमुख हरिशरण पाण्डे, केन्द्रिय लेखा संयोजक पुर्णप्रसाद पौडेल, जिल्ला शाखाका पदाधिकारी लगायत सदस्यहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालक हिन्दू जागरण नेपालका केन्द्रिय सदस्य नारायणप्रसाद कोइरालाले गरेको थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…