४ जुलाई जापान l गल्कोट समाज जापानको अधिवेशनको पूर्व सन्ध्यामा दुई क्षेत्रीय समितीहरुको अधिवेशन जुलाईमा हुने भएको छ l
कान्तो क्षेत्रीय समितीले आउँदो जुलाई १७ मा र नागोया क्षेत्रीय समितीले जुलाई १२ मा अधिवेशन गर्ने भएको छ । गल्कोटवाट जापान आएर विभिन्न पेशा , व्यवसाय एवं अध्यायन गरिरहेका गल्कोटेहरुको समाज गल्कोट समाज कान्तो(टोकियो) क्षेत्रको चौथों अधिबेशन सिनओकुबु स्थित सोलमारीको मुरा हलमा गर्न लागेको वताएको छ । टोकियो क्षेत्रको अधिबेशनको तैयारी पुरा भएको टोकियो क्षेत्रिय समितीका सचिब लक्ष्मण कार्कीले सारंगी न्युजलाई बताए ।
यसैगरि गल्कोट समाज जापान नागोया क्षेत्रको चौथो अधिबेशन जुलाई १२ तारिख नागोया स्थित मुगल प्यालेस रेष्टुरेन्टमा हुने नागोया क्षेत्रीय अध्यक्ष रमेश गौतमले बताए । कान्तो क्षेत्रका गल्कोटेलाई जुलाई १७ तारीख र नागोया क्षेत्रका गल्कोटेहरुलाई जुलाई १२ तरिख बिहिबार नागोया स्थित मुगल प्यालेस रेष्टुरेन्टमा उपस्थित हुन् आग्रह समेत गरिएको छ ।
केन्द्रीय समितीको अधिवेशनको पूर्व सन्ध्यामा हुन लागेको क्षेत्रीय समितीहरुको अधिवेशनलाई महत्वका साथ हेरिएको वुझिएको छ । स्थापना कालदेखि सामाजका हरेक क्षेत्रमा अग्र स्थानमा रहेर आफ्नो सक्रिय भूमिका निर्बाह गरेको गल्कोट समाज जापानले आफ्नो स्थापना काल (२००६) देखि यहाँ सम्म आउँदा बिभिन्न चरण हरु पारगर्दै जापानमा आधिकारीक NPO दर्ता गर्दै सामाजिक कार्यमा सक्रिय रहीआएको छ । २००६ सालमा स्थापित गल्कोट समाज जापान बाग्लुङको गल्कोट क्षेत्र देखि जापानमा आएका गल्कोटेहरुको एक साझा र अविछिन्न संस्था हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…