गल्कोट समाज जापानका दुई क्षेत्रीय समितीहरुको अधिबेशन तयारी पुरा

४ जुलाई जापान l गल्कोट समाज जापानको अधिवेशनको पूर्व सन्ध्यामा दुई क्षेत्रीय समितीहरुको अधिवेशन जुलाईमा हुने भएको छ l

कान्तो क्षेत्रीय समितीले आउँदो जुलाई १७ मा र नागोया क्षेत्रीय समितीले जुलाई १२ मा अधिवेशन गर्ने भएको छ । गल्कोटवाट जापान आएर विभिन्न पेशा , व्यवसाय एवं अध्यायन गरिरहेका गल्कोटेहरुको समाज गल्कोट समाज कान्तो(टोकियो) क्षेत्रको चौथों अधिबेशन सिनओकुबु स्थित सोलमारीको मुरा हलमा गर्न लागेको वताएको छ । टोकियो क्षेत्रको अधिबेशनको तैयारी पुरा भएको टोकियो क्षेत्रिय समितीका सचिब लक्ष्मण कार्कीले सारंगी न्युजलाई बताए ।

यसैगरि गल्कोट समाज जापान नागोया क्षेत्रको चौथो अधिबेशन जुलाई १२ तारिख नागोया स्थित मुगल प्यालेस रेष्टुरेन्टमा हुने नागोया क्षेत्रीय अध्यक्ष रमेश गौतमले बताए । कान्तो क्षेत्रका गल्कोटेलाई जुलाई १७ तारीख र नागोया क्षेत्रका गल्कोटेहरुलाई जुलाई १२ तरिख बिहिबार नागोया स्थित मुगल प्यालेस रेष्टुरेन्टमा उपस्थित हुन् आग्रह समेत गरिएको छ ।

केन्द्रीय समितीको अधिवेशनको पूर्व सन्ध्यामा हुन लागेको क्षेत्रीय समितीहरुको अधिवेशनलाई महत्वका साथ हेरिएको वुझिएको छ । स्थापना कालदेखि सामाजका हरेक क्षेत्रमा अग्र स्थानमा रहेर आफ्नो सक्रिय भूमिका निर्बाह गरेको गल्कोट समाज जापानले आफ्नो स्थापना काल (२००६) देखि यहाँ सम्म आउँदा बिभिन्न चरण हरु पारगर्दै जापानमा आधिकारीक NPO दर्ता गर्दै सामाजिक कार्यमा सक्रिय रहीआएको छ । २००६ सालमा स्थापित गल्कोट समाज जापान बाग्लुङको गल्कोट क्षेत्र देखि जापानमा आएका गल्कोटेहरुको एक साझा र अविछिन्न संस्था हो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago