नेपालमा पनि केही सिकुन् जापानमा ड्राइभरको अचम्मको हड्ताल,यात्रुसँग पैसा नलिइ गाडी सञ्चालन !

जापानको ओकायामा शहरको ‘र्‍योबी ग्रुप’सँग सम्बन्धित बसका ड्राइभरहरुले बसआन्दोलनमा अचम्मको विरोध प्रर्दशन गरेका छन् । आन्दोलन भएको बेलामा पनि उनीहरुले आफ्नो रुटमा गाडी निर्वाध ढंगले निरन्तर बस चलाइरहेका छन् । तर, कोही पनि यात्रुसँग भाडा लिएका छैनन् ।

र्‍योबीले सेवा दिइरहेको केही रुटमा सस्तो भाडा लिने गरी अप्रिल २७ बाट नयाँ बस लाइन मेगुरिन सञ्चालनमा आएको थियो । मेगुरिनका बसहरु र्योबीका भन्दा आकर्षक पनि छन् ।

त्यसैको नतिजाअनुरुप र्योबीका ड्राइभरहरुले आफूलाई असुरक्षित महसुस गरे र व्यवस्थापनसँग आफ्नो सेवा सुरक्षा र यात्री सुविधा वृद्धिको लागि माग गरिरहेका थिए । र्‍योबी ड्राइभरहरुको माग पुरा गर्न अनिच्छुक देखियो र आन्दोलन सुरु भयो ।

यस्तो केसहरुमा व्यवस्थापनले ड्राइभरहरुले आफ्नो फाइदाको लागि आम नागरिकको सेवा बन्द गरेको दोष दिन सक्छ । त्यसैले त्यस्तो अवस्था आउन नदिन र्योबीका ड्राइभरहरुले बस नियमित चलाइरहेका छन् तर यात्रु सबैलाई निशुल्क बस चढ्ने सुविधा छ ।

यस्तो खालको हडताल  पहिलोपटक भने होइन ।यस्तो खालको ‘फेयर स्ट्राइक’कोसुरुवात भने सन् १९४४ मा क्लिभल्याण्ड स्ट्रिटकार वकर्सले गरेका थिए भने अघिल्लो वर्ष श्रम विवादमा अष्ट्रेलियाको ब्रिसबेन र सिड्नीमा पनि यस्तो हड्ताल भएको थियो । युरोप र ल्याटिन अमेरिकामा पनि यस्ता खालका हड्ताल भएका छन।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago