यातायात ब्यवसायीको बन्दको प्रभाब ले सुन्सान बुटवलको जनजीवन

बुटवल २१ वैशाख,  भबिन्द्र गौतम,
सरकारले सस्था नवीकरण रोकेको विषयलाई लियर आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीहरुले थालेको सार्बजनिक यातायात बन्दको प्रभाव शुक्रबार बिहानै देखि बुटवल लगायत देशैभरि देखिएको छ । शुक्रबार बिहान ५ नम्बर प्रदेश सदरमुकाम बुटवल लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु ठप्प छन् । प्रदेशका सबैजसो शहरमा सडक सुनसानजस्तै देखिएको छ । पाल्पाको तानसेन, सन्धिखर्क, तम्घास लगायतका स्थानका सडक र बसपार्क सबै खाली छन । यातायात बन्दको प्रभाब सर्बसाधारण यात्रुमा परेको छ । गन्तब्यमा पुग्न सडकमा निस्केका यात्रुहरु गाडी नचल्दा अलपत्र परेका छन । एस क्षेत्रमा भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र प्रयटक बोक्ने हरियो प्लटेका साधन भने चलिरहेका छन् ।

प्रदेश ५ को राजधानी बटवलमा पनि बन्दको प्रभाव परेको छ । सडकहरु र बसपार्कसमेत सुनसान देखिएका छन् । बुटवलस्थित लुम्बिनी बस टर्मिटनलबाट प्रदेश ५ का १२ वटै जिल्लामा सवारी साधन छुट्ने गरेकामा हड्तालका कारण यातायात व्यवसायीका संघ/समितिहरुले बस/जीप चलाएका छैनन् । बस टर्मिनलभित्र रहेका समितिले आफ्ना टिकट काउन्टरहरु बन्द गरेर बसपार्क खाली गराएका छन् ।
पाल्पाको श्रीनगर यातायात ब्यवसायि समितिले पनि बस चलाएको छैन । २४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले प्रदेश ५ का सबै जिल्लामा बस सञ्चालन गरिरहेको थियो भने अन्य समितिले जिल्ला-जिल्लामा चलाइरहेका थिए । व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । सबै भन्दा बन्दको प्रभाब एअरपोर्ट मा परेको छ । भैरहवा बिमानस्थल बाट बुटवल आउन निजि सवारी साधन ले मौका छोप्दै मनपरि भाडा असुलेका छन । भैरहवा बाट बुटवल आयका यात्रु निरज केसि ले १५०० भाडा तिरेको बताए । उनी भन्छन सर्बसाधारण ले दुख पाउन भन्दा ब्यवस्थित गरेर चल्न दियको भय राम्रो हुने थियो । सरकारले भने सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिइसकेको छ । केही दिन अघि सार्जजनिक यातायातलाई अत्यावश्यक सेवा अन्तरगत राख्दै यातायात बन्द गर्न नपाइने सरकार ले निर्णय गरेको थियो । तर, यातायात व्यवसायीले सरकारलाई चुनौती दिँदै बन्दको आयोजना गरेका छन । बन्दको बारेमा ५ नम्बर प्रदेशको नेतृत्व सम्हालेका डिल बहादुर ढुङ्गानाले सनराइजजेएन सङ प्रतिकृया दिदै भने “हाम्रो अस्थित्व बचाउन ब्यवसायी हकहित को निम्ति जस्तोसुकै मूल्य चुकाउन बाध्य हुने छौ उनी थप्छन निसर्त बार्ता र सम्बाद को माध्याम बाट सामाधान खोज्न भने हामी तत्पर छौ । ´´ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा भएको हड्ताललाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत साथ दिएका छ्न । सरकार र व्यवसायी बिचको द्वन्द्वले सर्बसाधारण मारमा परेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago