प्रदेश ४ ले चालू आर्थिक वर्ष २०७४/२०७५ को बाँकी अवधिका लागि बुधबार बजेट सार्वजनिक

रबिन्द्र २१ गोरखा ,
प्रदेश ४ ले चालू आर्थिक वर्ष २०७४/२०७५ को बाँकी अवधिका लागि बुधबार बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले १ अर्व २ करोड ५ लाख रुपैयाँ बजेट सार्वजनिक गरे । बजेटको पहिलो प्रथामिकता पर्यटन क्षेत्रलाई दिएको छ । त्यसैगरि ऊर्जा, कृषि क्षेत्र, औद्योगिक क्षेत्र, पूर्वाधार निर्माण र सामाजिक क्षेत्रमा उच्च प्रथामिकता दिईएकाे छ ।

बजेटले प्रदेश ४ को पर्यटन विकासका लागि तीन सय गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउने, अपर काली, लोहर काली, मादी सेती लगाएतका स्थापनमा ¥याफ्टिङं संचालन गर्न गुरुयोजना निर्माण गर्ने, पर्यटन प्रवद्र्धन गर्न सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देश पर्यटन वर्ष र सन् २०२२ लाई अन्तराष्ट्रियस्तरको पोखरा भ्रमण वर्षको तयारीका लागि बजेट छुट्याएको गुरुङले बताए । त्यसै गरि काठमाडौ — पोखरा— लुम्बिनीलाई बुद्ध स्वर्णिम त्रिकोणको रुपमा विकास गर्ने रहको छ ।

त्यसै गरि उज्यालो प्रदेश अभियान अन्तरगत विजुली बत्ती नपुगेको क्षेत्रमा दुई वर्षमा विजुली बत्ती पु¥याउन १ करोड रुपैया, प्रत्येक गाउँपालिकामा मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ स्थापना, एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्रामको स्थापना गर्न अध्ययनका लागि १ करोड, विशेष औद्योगिक क्षेत्र स्थापना गर्न २० लाख, शहिदहरुको स्मृतिमा पार्कका निर्माण गर्न गुरुयोजनका लागि ५० लाख, दुई जिल्ला सदरमुकामा जोड्ने सडकका लागि ९ करोड ३६ लाख बजेट प्रस्ताब गरेका छन् ।

फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड रुपैया, चिडिखाना स्थापनका लागि डीपीआरका लागि ५० लाख, प्रदेश भित्रका सडक सञ्जाल नजोडिएका क्षेत्रलाई पल निर्माण गर्ने १ करोड, प्रदेशको मुख्य प्रशानिक केन्द्र, प्रदेश सभा सचिवालय निर्माणका लागि ६ करोड, प्रदेश सरकारी आवसका लागि १ करोड ५० लाख, पूर्ण खोप अभियानका लागि १ करोड रुपैया प्रस्ताब गरेका छन् । त्यसै गरि विपद् व्यवस्थापन कोष स्थापनका गर्न, आकस्मिक कोष स्थापना गर्न र युवालक्षित चुनौती कोष स्थापना गर्न १÷१ करोड छुट्याएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago