चार वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका ३५ वर्षीया स्थानेश्वर भुसालको उद्धारको लागि चाहिने एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) संकलन भएको छ । आवश्यक रकम उपलब्ध भएकोले थप रकम संकलन नगर्न प्रवासी नेपाली समन्वय समितिले मंगलबार अपिल गरेको छ ।
मध्यबिन्दु–४,नवलपुर का भुसालले ब्लडमनीको रकम तिर्न नसक्दा ६ फेब्रुअरी २०१४ देखि जेलमा छन् । समितिका अध्यक्ष कुलबहादुर कार्कीले आवश्यक रकम संकलन भएकोले चन्दा अभियान बन्द गरेको बताउनु भयो । ‘४५ लाख रुपैयाँ मध्ये २३ लाख १५ हजार अभियानले सञ्चालन गरेको खातामा जम्मा भइसकेको छ,’ उनले भने,‘बाँकी २३ लाख २० हजार दिने प्रतिबद्धता भएबमोजिम खातामा जम्मा हुनेक्रम जारी छ ।
भुसालको उद्धारका लागि गैरआवासीय नेपाली संघले १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । उनले अभियानको लागि प्रतिबद्धता भएको रकम यथाशीघ्र खातामा पठाइदिन अनुरोध गरेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…