यसरी मनाइयो रणउजिरेश्वोरि भगवती रथ यात्रा बिजय उत्सब पाल्पा मा

पाल्पा भाद्र १८ भबिन्द्र गौतम । १८७१–७२ मा बुटवलको जितगढीमा युद्धमा नेपाली सेना र इस्ट इण्डिया कम्पनी फौज बिच रािष्ट्रयता बचाउने युद्धमा नेपाली सेना विजयी भएपछि पाल्पामा हरेक बर्ष भगवतीको सिव्वन्दुरजात्रा हुने गरेको छ । नेपाली सेनाका कमण्डर कर्णेल उजिर सिंह थापा देवी देवता प्रति निकै विश्वास गर्दथें जीतगढी युद्धमा जानु अघि महिषसुर मर्दिनी भगवती मातासंग युद्धमा विजयी हासिल गर्न पाउ‘ भनी भाकल गरे । थापाले युद्धमा लड्ने शक्ति र साहसको आर्शिवादले जित हासिल गरे भनी भगवती मन्दिरको निर्माण र सिन्दुरजात्रा गरेर भाद्र कृष्ण नवमीको दिन विजयउत्सवको सन्देश पाल्पालीलाई दिएका थिए ।

वीरताको प्रतिकको सम्झनामा रहेक बर्ष मनाइने भगवतीको सिन्दुरजात्रा दुई सय बर्षको विजय उत्सवमा नेपाली सेनाका कायममुकाय प्रधानसेनापती पूर्णचन्द्र सिंह थापाले समेत पाल्पा पुगेर मनाएका छन् । प्रदेश ५ का सभामुख पुर्णबहादुर घर्ती र वन वातावरण पर्यटन तथा संस्कृती मन्त्री लिला गिरी लगायतका विशिष्ट व्यक्ति हरुले भगवतीको सिन्दुरजात्रा अवलोकन र पुजाआजा गरेका थिए । नेपालमा ५ स्थानबाट युद्ध हुर्दा बुटवल जितगढी क्षेत्रमा मात्रै पाल्पाली कमाण्डर कर्णेल उजिर सिंह थापाको फौजले अग्रेंज पराजित गरेको थियो ।

वि.स १८७६ देखि निरन्तर श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुरजात्रा विजयी उत्सवको रुपमा नेपाली सेना, भगवति मन्दिर व्यबस्थापन समिती, स्थानीयवासीसंगै यस क्षेत्रका बासिन्दाले विजयउत्सव मनाउने गरेको समितिका सचिव भिमसेन कार्कीले बताए । आधुनिक हातहतियार सहित तालिम प्राप्त इस्ट इण्डिया कम्पनीको फौजलाई घरेलु हातहतियारको आधार र कुटनितिक तरिकाबाट नेपाली सेनाले युद्ध जितेको थियो । विक्रम सम्वत पन्धौ शताब्दी तिर सेनकालीन शासकहरुले महिषासुर मर्दिनी स्थापना गरेको र त्यही देवी भगवतीसंग कर्णेल उजिर सिंह थापाले युद्ध जितेमा भव्य मन्दिर बनाउने, प्रत्येक बर्र्ष सिन्दुरजात्रा गर्ने र अष्टधातुको मुर्ति राख्ने भाकल गरेकाले वि.स १८७६ देखि नै विजयउत्सवको रुपमा नेपाली सेनाले मनाउन थालेको इतिहास विद निर्मल श्रेष्ठले बताए ।

जितपुरमा रेलिमाई जितियो लडाई चन्द्र सूर्य रेलिमाई लाल झण्डा फहराई भगवतीको रेलिमाई आशिक पाएर जितेम् युद्ध रेलिमाई स्वाभिमान भएर कर्णेल उजिर सिंह थापाको वीरताको बारेमा लेखक झपेन्द्र बहादुर जी.सीले कर्खा रचना गरी त्यसलाई गन्र्धव समुदायले सिन्दुरजात्राको दिन गाउने गर्दथें । कृष्ण जन्माष्टीको राती जाग्राम बसेर भगवतिको महिमा गाउने, राती १२ बजे भगवतिको रथ उचाल्ने, बली दिने गरिन्छ । श्रीकृष्ण नवमीको दिन भगवतिको बिहानै देखि पुजा पाठ गर्ने, कुखुरा, बोका र पाडा बली दिएपछि भगवतीको सिन्दुरजात्रा दिउ“सो १२.४५ मा मन्दिर परिक्रम पश्चात गरी तानसेन बजार घुमाई बेलुका ५.४५ बजे मन्दिर भित्राएको थियो ।

पाल्पामा लाग्ने १० भन्दा बढी जात्रा मध्ये भगवतीको रथ जात्रा सबै भन्दा ठूलो हो । विजयउत्सवको झल्को दिने गरी बजारमा अतिसवाजी गर्ने, नेपाल अग्रेज युद्धको झल्को दिने गरी नाटक तथा भिडियो डकुमेन्ट्री प्रर्दशन गर्ने, विभिन्न जातजाती भाषाभाषीका कला संस्कृतिको प्रदर्शन गर्ने, विभिन्न संचारमाध्यम तथा सोसल मिडियाबाट प्रत्यक्ष प्रशारण गर्ने, युद्ध जितेको खुसियालीमा तानसेन बजारमा दुई दिन दिपावली गर्ने समितिले जनाएको छ ।

नेपालीको सेनाको विजय उत्सव भएकाले सेनाले सालमी दिए हतियार र व्याडबाजा सहित सेना, नेपाली मौलिक पञ्चेबाजा, नेवारी धिमेबाजा, शसस्त्र र नेपाल प्रहरीको मार्चापास, स्थानीय कलासंस्कृती सहिको झॉकी र विभिन्न संघसंस्थाहरुले आफ्नो पहिचान सहित सिन्दुरजात्रामा सहभागी भएका थिए । विजय उत्सब लाई अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउने र राष्ट्रिय स्वाधिनतासंग जोडिएकाले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने माग पाल्पालीहरुको रहेको छ । सिन्दुरजात्राको अबलोकन गर्न पाल्पा, गुल्मी, स्याङजा, पोखरा बुटवल, अर्घाखॉची लगायतबाट आउने गर्दछन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago