ईजिलिङले सेवा बिस्तार गर्दै ,नेपाल बैंकका १४० शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिने ।

काठमाडौ भाद्र १८ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल राष्ट्र बैंकबाट पहिलो रेमिट्यान्स लाइसेन्स प्राप्त नेपालको पहिलो सेवाप्रदायक रेमिट्यान्स कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स रकम भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र प्रताप शाह, मुख्य प्रबन्धक होम बहादुर खड्का ले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत १९ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको सेवाप्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र प्रताप शाह दुबै जना धादिङ जिल्ला मैदी गा.बि.स मा जन्मनुभएका हुन भने रेमिट्यान्स र बैंकिङ् क्षेत्रमा सफल अनि छुट्टा–छुट्टै सफल पहिचान बनाएका अर्याल र शाह पारिवारिक रुपमै पनि राम्रो घनिष्टता रहेको र दुबै जनाले यो सम्झौता लाइ संयोग नै मानेका छन् ।
युवा रेमिट्यान्स ब्यबसायी अर्याललाइ शाह ले यस सम्झौताले पारिवारिक मात्र नभइ ब्यबसायिक सम्बन्ध पनि मजबुत भएको र अत्यन्त गर्व र हर्ष का साथ थप सफलताको लागि पनि शुभकामना दिनुभयो । यो सम्झौतापछि अब जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशबाट इजीलिंक रेमिट्यान्स मार्फत आएको रकम नेपाल बैंकका देशभरी रहेका १४० शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिने भएको छ ।

इजीलिंक रेमिट्यान्सले विगत लामो समयदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनाल ले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन यो सम्झौताले थप सहज बनाउने र आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पार्नुका साथै अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी गराए ।

यसै विच ईजिलिङले गरिमा विकास बैंक पनि सेवा बिस्तार गर्ने सहमति भएको छ । गरिमा विकास बैकका कार्यकारी अधिकृत गोविन्द ढकाल विच सेवा प्रदान गर्ने सहमति सम्पन्न भएको छ । यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजीलिंक रेमिट्यान्सका ५००० भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले जानकारी गराए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago