कुहिएको मासु खुवाउने पार्टी प्यालेसमा सिल

काठमाडौं : खाद्य प्रविधि तथा गुणस्तर विभागले काठमाडौंको सोह्रखुट्टेमा रहेको नयाँ बजार मल्टीभेन्युमा सिल गरेको छ। अनुगमनका क्रममा उक्त पार्टी प्यालेसमा कुहिएको मासु बिक्री गरेको पाइएपछि विभागले सिल गरेको हो।

खाद्य प्रविधि तथा गुणस्तर विभागका अधिकृत ईश्वर सुवेदी, आपूर्ति, वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध विभागका अधिकृत दिपक पोखरेल र महानगरीय प्रहरी सोह्रखुट्टे र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले शनिबार पार्टी प्यालेसमा अनुगमन गरेको थियो।

सोही क्रममा पार्टी प्यालेसले खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो। गुणस्तरहीन वस्तु उत्पादन गरेको अभियोगमा अनुगमन टोलीले पार्टी प्यालेसमा शिल गरेको हो।

गुणस्तरहिन खाद्यान्न बिक्री गरेको पत्ता लगाएपछि पार्टी प्यालेसमा सिल गरेको विभागका महानिर्देशक सञ्जिव कर्णले पुष्टि गरे। उनले भने, ‘उक्त विषयमाथि छानबिन गरी खाद्य ऐन अनुसार कारबाही गरिनेछ।’

स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पार्टी प्यालेसबाट प्रवाह गरेको खाद्यवस्तु गुणस्तरहीन भएको भन्दै उजुरी गरेको थियो। अनुगमनलाई निरन्तरता दिनुपर्ने र दोषीमाथि कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको भनाइ छ।

‘सहकारीले पाँच सय खानाको अर्डर गरेको थियो’, तिमिल्सिनाले भने, खाद्यवस्तुको गुणस्तर न्यून भएको उजुरी आएपछि आयोजित कार्यक्रम नै रद्द गरिएको थियो।’

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago