कुबेत सेप्टेम्बर ३ दया काफ्ले । नेपाल कुवेत साँस्कृतिक मन्चको १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम २०७५ , कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।
आगामी सेप्टेम्बर १४ शुक्रबार कुवेतको फरवानिया स्थित अल हाईतम रेष्टुरेन्टको पछाड़ी युनिक अडोटोरीयम हलमा दिउँसो १ बजे कार्यक्रमको सबै तयारी पुरा भएको मञ्च ले जानकारी दिएकोछ ।
नारीहरुको महानपर्व हरितालिका तीजको रमझमले नेपालमा मात्र नभैइ बिदेशमा रहेका नेपालीहरुलाई तिज को रौनक लागेको छ । यस्तै गरि कुवेतमा रहेका नेपालीहरु पनि एक महिनाअगाडि बाटै तयारी गरिरहेका छन् । यसरी धेरै अगाडी बाट तिज मनाउने हो भने तिज को मौलिकता संकट मा पर्ने देखिन्छ ।
१७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रममा कुवेतमा बसेका नेपाली दाज़ु भाई तथा दीदी बहिनी,सम्पूर्ण संघ संस्था हरूलाई यस कार्यक्रममा सहभागी भई आर्थिक र नैतिक रूपले सहयोग गरिदिनु हुन नेपाल कुवेत साँस्कृतिक मन्च कुवेतले सबै मा आग्रह गरेको छ ।
कार्यक्रममा कुवेतमा रहेका नेपाली नारीहरुलाई दर खुवाउने कार्यक्रम समेत आयोजना गरिएकोले सम्पुर्ण महिलाहरुलाई मञ्चले बिशेष निमन्त्रणा समेत गरेको बताएकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…