नदिको सुस्साहट रोकियो मृतकका आफन्त भक्कानिदा : पाल्पा बस दुर्घटना

भबिन्द्र गौतम, पाल्पा २०, जेष्ठ
मन्सुली बर्षा भैरहेको थियो आकशमा कालो बादल लागेकै थियो त्यहि कालो बादल तानसेनका लागि कालो दिनका रुपमा परिणत हुन पुग्यो । शुक्रबार पाल्पाको हुमिनमा भएको बस दुर्घटनाले तानसेन शोकमग्न हुन पुग्यो । अध्ययन अबलोकनको भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लु२ख ९७५ नम्बरको बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सदस्य एवम् कर्मचारीसहित अतिथिहरु यात्रा गरेका थिए ।

२१ जना सहकारीका परिवार र २ जना बसका कर्मचारी चढेको बस रम्भा गाउँपालिका –४, हुमिनको धारादी वनमा शुक्रबार बिहान दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र उपचारका क्रममा ३ जनाको अस्पताललमा ज्यान गएको थियो भने सिकस्त घाइते भएका ४ जना लाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौका सुबिधासम्पन्न अस्पतालमा लगियको छ । अन्य ५ जना घाइते यात्रुहरुलाइ तानसेन स्थित मिसन र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।दुर्घटनामा परि ज्यान गुमाएका एकै घरका दुई दाजुभाइसँगै १४ जना मध्ये १३ जनाको कालीगण्डकी तट राम्दीघाटमा शनिबार अन्त्येष्टि गरिएको हो ।

मृतक मुना सारुको छोरा जापानबाट नेपाल फर्किदै गरेकाले उहाँको अन्त्येष्टि छोरा आएपछि मात्रै गरिने पारिवारिक स्रोतले जनाएको छ । चितामा लस्करै सुताइएका सबैलाई देख्दा कसैको पनि आँसु थामिएकाे थिएन । बजारभित्रका यति धेरै जनाको एकैपटक ज्यान गएको घटना भूल्नै नसकिने पीडा बनेको छ तानसेन बासिका लागि । नदिको सुस्साहट समेत रोकिने गरि अधिकाङ्स मलामी भक्कानियका थिए । बजारभित्रका अधिकांश टोलका मानिस दुर्घटनामा परेकाले पाल्पा सदरमुकाम तानसेन बजार शोकमा डुबेको छ । कैलाशनगर, वसन्तपुर, भगवतीटोल, असनटोल, मखनटोल, सिलखानटोल, टक्सारटोल, बसपार्क, बर्तुङसम्मका अधिकाङ्स मलामी राम्दीघाट पुगेका थिए ।

उक्त दुर्घटनामा परि मृत्यु हुनेहरुमा तानसेन–४ का ५२ वर्षीय विष्णुमान वज्राचार्य, तानपा–३ का ४७ वर्षीय देवेन्द्रलाल प्रधान, ५८ वर्षीय कृष्णमान वज्राचार्य, ६० वर्षीय छेत्रमान शाक्य, तानपा–६ का ५९ वर्षीय शुसिल प्रसाद श्रेष्ठ, ४३ वर्षीय सचिन बज्राचार्य, तानपा–४ का ५० वर्षीय कृष्ण बहादुर बोहोरा, ६२ वर्षीय दुर्गावहादुर सारु, तानपा–२ का ५९ वर्षीय लोकनाथ ढकाल, तानपा–३ का ४२ वर्षीय कमला कार्की, ३९ वर्षीया वसन्ती खाँण, तानपा–६ का २९ वर्षीय गीता बुढाथोकी, तानपा–५ की दुर्गादेवी श्रेष्ठ, तानपा– २ की ४५ मुना सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए ।

सचिनको मिशन अस्पताल र कमला र मुनाको मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनायको छ । दुर्घटनामा परेका सहकारी संस्थाका अध्यक्ष विष्णुमान बज्राचार्य र सचिन बज्राचार्य एकै घरका सदस्य हुन । बिपरित दिशा बाट आयको गाडीलाई साइड दिनेक्रममा सडक भासीएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटना पछि तानसेनका सबै टोल, बजार, सडक सबै सुन्सान छन । जिल्लामा रहेका अधिकाङ्स संघ सस्थाले शोक बक्त्ब्य जारी गर्दै समबेदना ब्यक्त गरेका छन ।

मृतकहरु स्थानीय ब्यापारी, विभिन्न संस्थामा आवद्ध समेत रहेकाले सधैं उनीहरुको अभाव भैरहने पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले भाव्बिह्ल हुदै बताउनु भयो । दुर्घटनामा परेको बस श्रीनगर यातायात ब्यवसायी समिति द्वारा सन्चालन रहेको थियो । समितिका अध्यक्ष डिल बहादुर ढुंगानाले शोक वक्तव्य जारि गर्दै दुर्घटना प्रति गहिरो दुख ब्यक्त गर्नुभयको छ । यो अवस्थामा आइतबार एक दिन समितिको प्रधान कार्यालय बन्द रहने समितिले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago