जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर चारै तहको सुरक्षा निकायको बैठक बिहिबार सम्पन्न भएको छ । बैठकमा अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखको सहभागिता थियो । उनीहरुले खुला सिमानाका कारण धेरै चुनौती रहेकाले कडा सुरक्षा व्यवस्था अपनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिए ।
आठ वटै जिल्लाको सीमा क्षेत्रमा सतर्क भएर बस्नका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।
उनले तयहाँका होटल र लजमा निगरानी राखी भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ जाने यात्रु र सवारी साधनलाई निगरानी गरी जाँच गर्नेबारे छलफल भएको जानकारी दिए । मन्त्री यादवले सो छलफलमा भारतीय सुरक्षा अधिकारीहरुको समेत सहभागिता रहेको बताए ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…