जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर चारै तहको सुरक्षा निकायको बैठक बिहिबार सम्पन्न भएको छ । बैठकमा अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखको सहभागिता थियो । उनीहरुले खुला सिमानाका कारण धेरै चुनौती रहेकाले कडा सुरक्षा व्यवस्था अपनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिए ।
आठ वटै जिल्लाको सीमा क्षेत्रमा सतर्क भएर बस्नका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।
उनले तयहाँका होटल र लजमा निगरानी राखी भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ जाने यात्रु र सवारी साधनलाई निगरानी गरी जाँच गर्नेबारे छलफल भएको जानकारी दिए । मन्त्री यादवले सो छलफलमा भारतीय सुरक्षा अधिकारीहरुको समेत सहभागिता रहेको बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…