डा. केसीको माग सम्बोधन , चिकित्सक शिक्षा अध्यादेश संसदबाट पारित

डा. गोविन्द केसी लगायत उनका पक्षधरको लामो संघर्षपछि अन्तत : प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा अध्यादेश पारित भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अध्यादेशमा भएका कमजोरीहरु प्रतिस्थापन विधेयकमा सच्याउने सकिने भन्दै गरेको प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकको बहुमतले अध्यादेश पारित गरेको हो।

बैठकमा शिक्षामन्त्री पोखरेलले अध्यादेशका कमजोरी प्रतिस्थापन विधेयकमा सच्याउने सकिने भन्दै अध्यादेश पास गर्नु पर्ने प्रस्ताव गरेका थिए। पोखरेलले चिकित्सा शिक्षा अध्यादेश जनहितको पक्षमा रहेको भन्दै पास गर्नु पर्ने वकालत गरेका थिए।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल अध्यादेशको विपक्षमा उभिएपनि अन्ततः त्यो पारित भएको हो।सुवालले उपत्यकामा १० वर्ष खोल्न नदिने, मनसाय प्राप्त गरिसकेका निजी मेडिकल कलेज खारेज हुनुपर्ने लगायत अध्यादेशका प्रावधानको विरोध गरेका थिए।

उक्त अध्यादेशलाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले समेत प्रतिस्थापन विधेयकको रुपमा जारी गर्ने निर्णय गरेको छ। डा. केसीको पटकपटकको अनशनपछि शेरबहादुर देउवा सरकारले अध्ययादेश जारी गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश गत कात्तिक २४ गते प्रमाणीकरण गर्नुयकोथियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago