भविन्द्र गौतम, पाल्पा, १५ मङ्सिर
पाहाडलाई तराइ सङ्ग जोड्ने मुख्य राजमार्ग सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा यात्रा गर्नु मृत्युका लागि तयार हुनुजस्तै हो । किनभने यो क्षेत्रमा कतिबेला पहिरो खस्छ भन्ने ठेगाननै हुँदैन । कहिले हिले पहिरो, कहिले धुले पहिरो, कहिले ठुलाठुला चट्टान बाटोमाथी बाट खस्ने हुँदा ज्यानको माया मारेर भएपनी यात्रा नगरी सुखै छैन । यहि क्षेत्रमा सुरक्षित यात्रा गराउनका लागि सडकमा भएका ढुंगा फुटाई हटाउने, पहिरो हटाउने, र सडक समेत मर्मत गर्ने कार्यका लागि २०७५ मङ्सिर १७ देखि १९ गते सम्म ३ दिनको लागि बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म अत्यावश्यकीय सवारी बाहेक अन्य सवारी साधन पुर्ण रुपमा बन्द गरी मर्मत पश्चात खुल्ने सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए ।
सवारी चापलाइ मध्येनजर गर्दै बुटवल तर्फ जाने सवारिका साधनलाइ केराबारिमा र पाल्पा तर्फ आउने सवारीसाधन लाईओ चिडियाखोलामा नै रोक लगाइने सडक डिभिजन कार्यालय, पाल्पाले जनाएको छ । मर्मतको समय पछि वा अगाडि भने सबै सवारीसाधन सन्चालन हुनेछन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…