प्रधानमन्त्री ओलीकाे उपचार खर्च जम्मा ३६ हजार

काठमाडौँ कार्तिक १६ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत सोमबार विहान देखी उपचार गराइरहेका प्रधानमन्त्री ओली आज साँझ सरकारी निवास बालुवाटार फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीको उपचारको खर्चमा उहाँको निजी रकम प्रयोग गरिन्छ या सरकारले व्यहोर्छ भन्ने विषयहरु समेत उठे ।तर उहाँको उपचार खर्च मात्र ३६ हजार लागेको छ । जुन उपचार खर्च भने सरकारले नै व्यहोर्ने भएको छ । 

गत सोमबार विहान चार बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचाररत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उनमा भाइरल ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनी आज डिस्चार्ज हुने सम्भाबना रहेको छ । अस्पतालले उनको स्वास्थ्य सामान्य अवस्थामा रहेको भनि बिहानको प्रेस विज्ञाप्ति मार्फत जनाएको छ ।

सोमबार बिहान देखि अस्पतालको सीसीयुमा भर्ना भएर उपचार गराइरहेका प्रधानमन्त्रीको उपचार औषधिसहितको खर्च शुक्रबार बिहान सम्मको ३६ हजार भएको छ ।हाल प्रधानमन्त्रीलाई राखिएको मनमोहन कार्डियोको सीसीयुको बेडचार्ज एक दिनको ३ हजार २ सय रहेको छ । 

सोमबारदेखि शुक्रबारसम्म बेड चार्ज मात्रै १३ हजारको बिल पुगेको छ ।त्यस्तै औषधिको ११ हजार बिल छ । ओलीलाई एन्टीबायोटिक्सहरु मुखबाट नखुवाएर इन्जेक्सन मार्फत दिइएको छ । त्यसैले पनि उनको स्वास्थ्य सामान्य भए पनि एन्टीबायोटिक्सको डोज पूरा नभईकन डिस्चार्ज गर्न नमिलेको हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago