अस्पतालमा बेवास्ता गरी छाडिएको शिशुको अर्जेन्टिनाकी एक महिला प्रहरीले उद्दार

अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बेवास्ता गरी छाडिएको शिशुलार्इ स्तनपान गराइरहेको तस्विर सार्वजनिक भए पछि उनको बढुवा गरिएको छ। स्तनपान गराइरहँदा सिलिसटे अयाला प्रहरी पोशाकमा ड्युटीमा खटिरहेकी थिइन्।

अर्जेन्टिनाको प्रहरीले बुइनोस एरिस क्षेत्रमा ला पाल्टाबाट छ जना शिशुहरुको उद्धार गरेका थिए। उक्त प्रहरी समूहमा रहेकी सिलिसटे अयाला पनि रहेकी थिइन्।

उद्दार गरिएका मध्य सबै भन्दा सानो सात महिनाको एक बालक धेरै रोए पछि अस्पतालको अनुमति लिएर उनले सो बच्चालार्इ स्तनपान गराएकी थिइन्। सिलिसटेको १६ महिने छोरी रहेको छ।

सिलिसटेले एक स्थानिय संचारमाध्यमलार्इ भनिन् ‘मैले कुनै संकोच बिना सो बच्चालार्इ स्तनपान गराए र उ शान्त भयो।’

सिलिसटेको तस्विर उनकै सहकर्मी मार्कोस हेरेडियाले फेसबुकमा पोस्ट गरेका थिए।तस्विर पोस्ट भएलगत्तै भाइरल हुन पुग्यो र सिलिसटेले देखाएको ममता समाचारका हेडलाइन बन्न पुगेको थियो।

बुइनोस एरिस प्रान्तका सुरक्षा मन्त्री क्रिस्टियान रिटोन्डोले सिलिसटेलार्इ भेटेर उनी सर्जेन्ट पदमा बढुवा भएको जानकारी दिएका थिए। रिटोन्डोलेले सिलिसटेले देखाएको ममताको कदर गरेको र त्यस्तै अर्जेन्टिनालार्इ यस्तै प्रहरी प्रशासन चाहेको प्रतिक्रिया दिएका छन्।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago