टोक्यो अक्टोबर २ बिस्वास आचार्य ।
बाँके बर्दिया मैत्री समाज जापानले बाँके बर्दियामा रहेका असाहय, विपन्न परिवारका बालबालिकाका लागि खेलकुद सामाग्री जुटाउन उद्देश्य ले दोस्रो बागेश्वरी गोल्डकप प्रतियोगिता सम्पन गरेकोछ ।
बाँके बर्दिया मैत्री समाजले गरिब तथा असहाय बालबालिकाका लागि खेलकुद सामाग्री जुटाउन उद्देश्य ले दोस्रो बागेश्वरी गोल्डकप २०१८ को आयोजना गरिएको थियो । जापानको विभिन्न शहर हरु बाट कुल ३२ टिम सहभागी भएको खेल ३ कोट मा खेल खेलाईएको थियो ।
प्रतियोगिता यहि सेप्टेम्बर ३० तारिखमा फुजिमोरी पार्क टोकियोको हाचिअोजी मा भएको थियो । प्रतियोगितामा पाँच लाख दश हजार नगद र ट्रफी सहित प्रथम स्थान पनौती ११ , दुई लाख दश हजार नगद र ट्रफी सहित दोस्रो स्थान गोर्खे FC , एकाउन्न हजार नगद र ट्रफी सहित तेस्रो स्थान नागोया नेप्लिज FC ले उपादी उचालेको छ । खेल मा खेलेका खेलाडी हरु मध्धे बाट १/१ जाना लाई बेस्ट प्लयेर् काभ्रेली ओरेन्जी का सगर चौधरी ,बेस्ट डिफेन्दर् पनौती ११ का रबी जङ शाही ,बेस्ट कीपर गोर्खे FC को मनोज पुन हाई स्कोर गोर्खे FC का अमन गुरुङ सबैलाई जनही पाच / पाच हजार नगद सहित ट्रफी प्रदान गरिएको थियो भने बेस्ट कोच पनौती ११ का सन्जित शाह ठकुरी लाई ट्रफी प्रदान गरिएको थियो ।
कार्यक्रम मा पुरस्कार बितरण NRNA जापानका उपाध्यक्ष शिव पौडेल , बाके बर्दिया समाज का संरक्षक तथा NRNA जापानका सचिब जनक बिक्रम शाही ,जापान जब स्कुल जापानका का प्रमुख मात्सुजातो युसुके काभ्रेली समाज जापान का अध्यक्ष समिर तामाङ , अछाम सरोकार मन्च जापान का अध्यक्ष लोकेन्द्र जङ कुवर हरु बाट पुरस्कार बितरण गरिएको थियो ।
यस दोस्रो बागेश्वरी गोल्डकपलमा जापानमा रहेका बिभिन्न संघ सस्था सह-अयोजक को रुपमा काभ्रेली समाज जापान र अछाम सरोकार मन्च जापान रहेका छन् भने पूर्व राष्टिय खेलडी बसन्त गौचन , हाइजिमा युथ क्लब, किरात राई यायोख्खा जापानले समेत सहयोग गरेको अध्यक्ष सुशिल मल्ल ले बताउनु भयो ।
साथै मिडिया पाटनर को रुपमा रहेर सनराइज जेन बाट लाईभ प्रसारण गरिएको थियो । गत बर्ष प्रतियोगिता मार्फत संकलन गरेको रकम रेडक्रस तथा विभिन्न सस्थाको सहयोगमार्फत बाढीपीडितलाई बितरण गरिएको थियो । यो बर्ष पनि बचेको रकम बाँके बर्दियामा रहेका असाहय, विपन्न परिवारका बालबालिकाका लागि खेलकुद सामाग्री जुटाउन लागि प्रयोग गरिने अध्यक्ष सुशिल बताउनु भयो । कार्यक्रम सन्चालन अोम नारायण पौडेल र सागर गुरुङ ले गर्नु भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…