चीन सेप्टेम्बर २ । एक्लोपन महसुस गर्दै आएका युवालाई ध्यानमा राखेर चीनको एक सहरमा भाडामा प्रेमिकाको व्यवस्था गरिएको छ । गुआङ्गडोङ्ग प्राप्तको ह्युआन सहरमा यस्तो व्यवस्था गरिएको हो । ‘दि भिटालिटी सिटी सपिङ्ग कम्प्लेक्स’ मा भाडाका प्रेमिका बन्न तयार युवती लस्करै उभिएका हुन्छन् । पोडियममा उभिएका ती युवती कुनै पनि पुरुषसँग भाडामा प्रेमिका बन्न तयार हुन्छन् ।
भाडामा प्रेमिका बनाउनका लागि कम्तीमा २० मिनेटको शुल्क तिर्नुपर्दछ । २० मिनेटका लागि १ आरएमबी (१७ रुपैयाँ नेपाली) को हाराहारीमा शुल्क तिर्नुपर्दछ । त्यसभन्दा बढी समय राख्न चाहने हो भने अतिरिक्त शुल्क तिर्नुपर्ने जनाइएको छ । यसरी लिइएका प्रेमिकासँग उक्त सपिङ कम्प्लेक्सभित्र घुमफिर गर्न, वार्तालाप गर्न सकिने छ । तर उनीहरुको अनुमतिविना छुन पाइने छैन ।
सपिङ कम्प्लेक्स बाहिर लैजान पनि भाडामा लिइएकी प्रेमिका राजी हुनुपर्दछ । चीनमा महिलाको तुलनामा पुरुषको जनसंख्या बढी भएका कारण कयौं युवाले विवाहका लागि युवती पाउन सकेका छैनन् । यस्तोमा एक्लोपन महसुस गर्ने युवालाई ध्यानमा राख्दै यस प्रकारको सेवा सुरु गरिएको बताइन्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…