नेपाली १७ रुपैयाँमा यति सुन्दरी प्रेमिका भाडामा पाइन्छ , कस्तो अचम्मको ठाउँ ।

चीन सेप्टेम्बर २ । एक्लोपन महसुस गर्दै आएका युवालाई ध्यानमा राखेर चीनको एक सहरमा भाडामा प्रेमिकाको व्यवस्था गरिएको छ । गुआङ्गडोङ्ग प्राप्तको ह्युआन सहरमा यस्तो व्यवस्था गरिएको हो । ‘दि भिटालिटी सिटी सपिङ्ग कम्प्लेक्स’ मा भाडाका प्रेमिका बन्न तयार युवती लस्करै उभिएका हुन्छन् । पोडियममा उभिएका ती युवती कुनै पनि पुरुषसँग भाडामा प्रेमिका बन्न तयार हुन्छन् ।

भाडामा प्रेमिका बनाउनका लागि कम्तीमा २० मिनेटको शुल्क तिर्नुपर्दछ । २० मिनेटका लागि १ आरएमबी (१७ रुपैयाँ नेपाली) को हाराहारीमा शुल्क तिर्नुपर्दछ । त्यसभन्दा बढी समय राख्न चाहने हो भने अतिरिक्त शुल्क तिर्नुपर्ने जनाइएको छ । यसरी लिइएका प्रेमिकासँग उक्त सपिङ कम्प्लेक्सभित्र घुमफिर गर्न, वार्तालाप गर्न सकिने छ । तर उनीहरुको अनुमतिविना छुन पाइने छैन ।

सपिङ कम्प्लेक्स बाहिर लैजान पनि भाडामा लिइएकी प्रेमिका राजी हुनुपर्दछ । चीनमा महिलाको तुलनामा पुरुषको जनसंख्या बढी भएका कारण कयौं युवाले विवाहका लागि युवती पाउन सकेका छैनन् । यस्तोमा एक्लोपन महसुस गर्ने युवालाई ध्यानमा राख्दै यस प्रकारको सेवा सुरु गरिएको बताइन्छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago