तोकियो सेप्टेम्बर २ । जापानमा क्रियाशिल सामाजिक संस्था बलेवा सेवा समाज जापानले तिजको अवसरमा तिज मेला २०१८ गर्ने भएको छ ।
नेपालि महिलाहरुको महान पर्व हरितालिका तिजको अवरसमा स्वास्थ्य शिविर सञ्चालन तथा विपन्न विरामिको सहयोगार्थ सञ्चालन गर्ने तिज मेलाको तयारी तिव्र बनाएको छ ।
सेप्टेम्बर ९ तारिक आईतवार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुने तिज मेलामा नेपालका ख्याति प्राप्त कलाकार याम क्षेत्रि, सम्झना लामिछाने मगर र कृष्ण अखेलिले सांगितिक प्रस्तुति दिने समाजका अध्यक्ष सेवक पिसिले जानकारी दिनुभयो ।
स्वास्थय शिविरका साथै विदेशमा रेहेका बलेवालि तथा सम्पुर्ण नेपालि मित्रता र आपसि सद्भावका वृद्धि गर्ने उद्धेश्य सहित तिजको अवसर परि तिज मेला सञ्चालन गर्न लागिएको अध्यक्ष पिसिले बताउनुभयो ।
टोकियो मेकुरो कुमिन सेन्टमा आगामि आईतबार साँझ ५ बजे देखि मेला सञ्चालन हुने समाजले जनाएको छ । समाजले विभिन्न समयमा शिक्षा तथा स्थास्थ्यका क्षेत्रमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आई रहेको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…