राहुल गान्धी चढेको विमान दुर्घटना हुनबाट यसरी बच्यो

भदौ १७ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी चढेको विमान २० सेकेण्डले दुर्घटना हुनबाट बचेको तथ्य खुलासा भएको छ ।यसलाइ भारतको नागरिक उड्डयन महानिर्देशकले हालै जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको हो ।गएको २६ अप्रिलका दिन गान्धी चुनावी प्रचार प्रसारका लागि कर्णाटक तिर जाने क्रममा चढेको विमान आपतकालीन अवतरण गराइएको थियो ।

यो घटना नयाँ दिल्लीबाट उत्तरी कर्णाटकको हुब्बाली विमानस्थलमा अवतरणका क्रममा भएको थियो । विमान अवतरणपछि कांग्रेस अध्यक्ष गान्धीले आफू षड्यन्त्रको शिकार भएको अभिव्यक्ति दिएका थिए ।विमानमा अवर्णनीय खराबी हुनु षड्यन्त्रपूर्ण रहेको भन्दै कांग्रेसले कर्णाटक प्रहरीमा उजुरी पनि गरेको थियो ।

विमान ८ हजार मिटरबाट तल झर्दै गर्दा गान्धीले अरु केही नसम्झी मानसराेवर मात्र सम्झेकाे बताएका थिए । साथै उनले अाफू सम्भावित दुर्घटनाबाट बचेपछि भगवान शिवप्रति अास्था बढेकाे र कु्नै दिन मानसराेवर जाने भाकल गरेकाे पनि उल्लेख गरेका थिए ।त्यसै भाकल अनुसार गान्धी अहिले नेपाल हुँदै मानसराेवरकाे यात्रामा छन् ।

नागरिक उड्डयन महानिर्देशकका अनुसार घटनाका बेला गान्धीबाहेका विमानमा २ जना चालक, १ जना क्याबिन कर्मचारी र १ जना इञ्जिनियर गरी अन्य ४ जना यात्रु थिए ।नागरिक उड्डयन महानिर्देशकका अनुसार त्यस दिन केही सेकेण्डअघि विमानको समस्या पत्ता लागेको भए राहुल चढेको विमान आकाशमै दुर्घटना हुन्थ्यो ।३० पाना लामो प्रतिवेदनमा जहाज उड्नुअघि कुनै समस्या नभएको पनि जनाइएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago