राहुल गान्धी चढेको विमान दुर्घटना हुनबाट यसरी बच्यो

भदौ १७ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी चढेको विमान २० सेकेण्डले दुर्घटना हुनबाट बचेको तथ्य खुलासा भएको छ ।यसलाइ भारतको नागरिक उड्डयन महानिर्देशकले हालै जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको हो ।गएको २६ अप्रिलका दिन गान्धी चुनावी प्रचार प्रसारका लागि कर्णाटक तिर जाने क्रममा चढेको विमान आपतकालीन अवतरण गराइएको थियो ।

यो घटना नयाँ दिल्लीबाट उत्तरी कर्णाटकको हुब्बाली विमानस्थलमा अवतरणका क्रममा भएको थियो । विमान अवतरणपछि कांग्रेस अध्यक्ष गान्धीले आफू षड्यन्त्रको शिकार भएको अभिव्यक्ति दिएका थिए ।विमानमा अवर्णनीय खराबी हुनु षड्यन्त्रपूर्ण रहेको भन्दै कांग्रेसले कर्णाटक प्रहरीमा उजुरी पनि गरेको थियो ।

विमान ८ हजार मिटरबाट तल झर्दै गर्दा गान्धीले अरु केही नसम्झी मानसराेवर मात्र सम्झेकाे बताएका थिए । साथै उनले अाफू सम्भावित दुर्घटनाबाट बचेपछि भगवान शिवप्रति अास्था बढेकाे र कु्नै दिन मानसराेवर जाने भाकल गरेकाे पनि उल्लेख गरेका थिए ।त्यसै भाकल अनुसार गान्धी अहिले नेपाल हुँदै मानसराेवरकाे यात्रामा छन् ।

नागरिक उड्डयन महानिर्देशकका अनुसार घटनाका बेला गान्धीबाहेका विमानमा २ जना चालक, १ जना क्याबिन कर्मचारी र १ जना इञ्जिनियर गरी अन्य ४ जना यात्रु थिए ।नागरिक उड्डयन महानिर्देशकका अनुसार त्यस दिन केही सेकेण्डअघि विमानको समस्या पत्ता लागेको भए राहुल चढेको विमान आकाशमै दुर्घटना हुन्थ्यो ।३० पाना लामो प्रतिवेदनमा जहाज उड्नुअघि कुनै समस्या नभएको पनि जनाइएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago