काठमाडौं भाद्र १७ । यही भदौ २५ गतेदेखि बिमस्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिमस्टेक सदस्य राष्ट्रका सैनिकबीच संयुक्त अभ्यास हुन लागेको हो ।
अभ्यास एक सातासम्म चल्ने बताइएको छ । सदस्य राष्ट्रबीचको सैन्य अभ्यास यही भदौ २५ गतेदेखि ३१ गतेसम्म हुने तय भएको हो । अभ्यास भारतको पुनामा हुने तय भएको छ । भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०/ ३० जना सैनिकको सहभागिता रहने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् ।
संयुक्त सैन्य अभ्यासको निरीक्षण गर्न सदस्य राष्ट्रका सेना प्रमुख समेत पुना पुग्ने तय भएको उनले जानकारी दिएका छन् । सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको उक्त संयुक्त अभ्यास हो । अभ्यासमा प्रतिआतङ्कवाद र विपद् व्यवस्थापन विषयमा केन्द्रित रहने बताइएको छ ।
विश्वमा निकै नाम कमाएको नेपाली सेनाका अनुसार यस्ता अभ्यासले एक अर्का मुलुकका सेनाबीच घुलमिल हुन, क्षमता बुझन, विपद्को समयमा मिलेर खोज तलास, उद्धार र राहतको जिम्मेवारी पूरा गर्न सहज हुने अपेक्ष गरिएको छ । साथै अरु सहयोग आदानप्रदान गर्न सजिलो हुने नेपाली सेनाको भनाइ छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…