डा केसीसँगै जुम्लाका स्थानीय पनि आन्दोलित

नागरिक समाजले आन्दोलनको पक्षमा हस्ताक्षर अभियान सुरु गरेको छ भने चिकित्सक संघले डा.केसीको जीवनरक्षाका लागि सरकारसँग माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा शनिबार अनशन सुरु गरेका डा.केसीले सरकारले विद्यार्थीमुखी चिकित्सा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताए। ‘जनता र विद्यार्थीमारा विधेयक ल्याइँदै छ, त्यसलाई तुरुन्त खारेज गरेर चिकित्सा शिक्षा अध्यादेशअनुसारको ऐन ल्याउनुपर्छ उनले भने,सबै सांसदलाई विद्यार्थीको हितमा लाग्न अपिल गर्दछु।

माग पूरा नभए सत्याग्रह गर्न तयार रहेको उनले बताए । चिकित्सा शिक्षा ऐन तत्काल लागू गर्नुपर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस तहका विद्यार्थी भर्ना गर्नुपर्ने उनको माग छ । त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाउँदै पाँचथर, इलाम, डडेलधुरा, डोटी र उदयपुरमा समेत सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्नेलगायत सातबुँदे माग उनले राखेका छन्।

डा.केसी समग्र स्वास्थ्य क्षेत्रको हितमा लागिरहेको नागरिक समाज अध्यक्ष राजबहादुर महतले बताए । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको ८ वर्ष बित्दासमेत सरकारले एमबीबीएस पठनपाठनको व्यवस्था गर्न सकेको छैन उनले भने,हामीले उठाउनुपर्ने मुद्दा उनले उठाएका छन् हाम्रो पूर्ण समर्थन छ।

हिरासतमै अनशनरत डा.केसीलाई सुरक्षित स्थानमा लैजान नेपाल चिकित्सक संघ जुम्लाले माग गरेको छ । स्थानीयको दबाबपछि प्रशासनले केसीलाई हिरासतबाट निकालेर कभर्डहलमा कैदीसरह राखे पनि त्यहाँ स्वास्थ्य परीक्षणका लागि साधन–स्रोत व्यवस्था गर्न कठिन भएको संघले जनाएको छ।

सरकारले डा. केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरे आन्दोलनमा उत्रिने संघका उपाध्यक्ष डा. प्रवीण गिरीले बताए । ‘यस्तो उजाड हलमा डा। केसीलाई प्रहरीले आफ्नो निगरानीमा राखेको छ उनले भने,यहाँ उहाँको स्वास्थ्य उपचार गर्न असम्भव छ।

नागरिक समाजले डा. केसीको पक्षमा हस्ताक्षर संकलन सुरु गरेको छ । केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन कृष्णमन्दिर अगाडि हस्ताक्षर संकलन गरिएको नागरिक समाजका सचिव सरोज शाहीले बताए । केसीको निगरानीका लागि ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago