डा केसीसँगै जुम्लाका स्थानीय पनि आन्दोलित

नागरिक समाजले आन्दोलनको पक्षमा हस्ताक्षर अभियान सुरु गरेको छ भने चिकित्सक संघले डा.केसीको जीवनरक्षाका लागि सरकारसँग माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा शनिबार अनशन सुरु गरेका डा.केसीले सरकारले विद्यार्थीमुखी चिकित्सा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताए। ‘जनता र विद्यार्थीमारा विधेयक ल्याइँदै छ, त्यसलाई तुरुन्त खारेज गरेर चिकित्सा शिक्षा अध्यादेशअनुसारको ऐन ल्याउनुपर्छ उनले भने,सबै सांसदलाई विद्यार्थीको हितमा लाग्न अपिल गर्दछु।

माग पूरा नभए सत्याग्रह गर्न तयार रहेको उनले बताए । चिकित्सा शिक्षा ऐन तत्काल लागू गर्नुपर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस तहका विद्यार्थी भर्ना गर्नुपर्ने उनको माग छ । त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाउँदै पाँचथर, इलाम, डडेलधुरा, डोटी र उदयपुरमा समेत सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्नेलगायत सातबुँदे माग उनले राखेका छन्।

डा.केसी समग्र स्वास्थ्य क्षेत्रको हितमा लागिरहेको नागरिक समाज अध्यक्ष राजबहादुर महतले बताए । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको ८ वर्ष बित्दासमेत सरकारले एमबीबीएस पठनपाठनको व्यवस्था गर्न सकेको छैन उनले भने,हामीले उठाउनुपर्ने मुद्दा उनले उठाएका छन् हाम्रो पूर्ण समर्थन छ।

हिरासतमै अनशनरत डा.केसीलाई सुरक्षित स्थानमा लैजान नेपाल चिकित्सक संघ जुम्लाले माग गरेको छ । स्थानीयको दबाबपछि प्रशासनले केसीलाई हिरासतबाट निकालेर कभर्डहलमा कैदीसरह राखे पनि त्यहाँ स्वास्थ्य परीक्षणका लागि साधन–स्रोत व्यवस्था गर्न कठिन भएको संघले जनाएको छ।

सरकारले डा. केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरे आन्दोलनमा उत्रिने संघका उपाध्यक्ष डा. प्रवीण गिरीले बताए । ‘यस्तो उजाड हलमा डा। केसीलाई प्रहरीले आफ्नो निगरानीमा राखेको छ उनले भने,यहाँ उहाँको स्वास्थ्य उपचार गर्न असम्भव छ।

नागरिक समाजले डा. केसीको पक्षमा हस्ताक्षर संकलन सुरु गरेको छ । केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन कृष्णमन्दिर अगाडि हस्ताक्षर संकलन गरिएको नागरिक समाजका सचिव सरोज शाहीले बताए । केसीको निगरानीका लागि ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago