हेटौंडाबाट प्रदेश राजधानी सार्न सम्भव छैन : कमल थापा

चितवन, माघ १९ । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले हेटौंडाबाट प्रदेश नम्बर–३ को राजधानी सार्न सम्भव नहुने दाबी गरेका छन् । शुक्रबार भरतपुर विमानस्थलमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सबै दल र सबै जिल्लाका नागरिकले हेटौंडालाई प्रदेशको राजधानी सहर्ष स्वीकार गरेको जिकिर गरे ।

उनले मन्त्रिपरिषदको बैठकमा काठमाडौंलाई नै प्रदेश राजधानी बनाउने प्रस्ताव आएकोमा आफूले हुँदैन भनेर हेटौंडालाई अस्थायी राजधानी बनाउने निर्णय गराएको पनि बताए । देशको राजधानी आफैंमा अव्यवस्थित छ, त्यसैमा पनि प्रदेश राजधानी थपेर झन् अव्यवस्थित बनाउन हुँदैन भनेर मैले नै क्याबिनेटमा प्रस्ताव राखेको हुँ’–उनले भने–‘हेटौंडा सबैका लागि उपयुक्त स्थान हो ।’

फास्टट्रयाक र सुरुङमार्ग बनेपछि सबै जिल्लाका मानिस सहजरुपमा हेटौंडा आउनसक्ने उनको भनाइ छ । मन्त्री थापाले कानुनबमोजिम नयाँ सरकार बन्ने चरणमा रहेको भन्दै आफूहरु सरकार छाड्न आतुर रहेको बताए ।

बूढीगन्डकी जलविद्युत् आयोजना स्वदेशी स्रोत र साधनबाट निर्माण गर्ने निर्णय सरकारको ऐतिहासिक र साहसिक निर्णय भएको ऊर्जामन्त्री थापाले सुनाए । सौर्य र वायुऊर्जाको विकासका लागि कार्यनीति र कार्यविधि बनाएर कार्यान्वयनमा लगेका छौं’–उनले भने–‘यो पनि यस सरकारको महत्वपूर्ण उपलब्धि हो ।’

अर्काे एक प्रसंगमा मन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको भ्रमणले दुई देशबीचका असमझदारी हटाएर सम्बन्ध सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भारतीय विदेशमन्त्रीको नितान्त अनौपचारिक भ्रमण भएकाले यसलाई नकरात्मकरुपमा हेर्नुपर्ने जरुरी नभएको बताए ।

विदेशी अतिथिहरुसँग व्यवहार गर्दा कूटनीतिक मर्यादाका विषयमा भने ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ थियो । उनले निर्वाचनमा आफ्नो पार्टीको पराजयका विषयमा गहिरो अध्ययन भइरहेको बताए । पार्टी विभाजन, नेपाली कांग्रेससँगको गठबन्धन र सबै क्षेत्रमा उम्मेदवार उठाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको थापाको भनाइ छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago