हेटौंडाबाट प्रदेश राजधानी सार्न सम्भव छैन : कमल थापा

चितवन, माघ १९ । उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले हेटौंडाबाट प्रदेश नम्बर–३ को राजधानी सार्न सम्भव नहुने दाबी गरेका छन् । शुक्रबार भरतपुर विमानस्थलमा मिडिया नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सबै दल र सबै जिल्लाका नागरिकले हेटौंडालाई प्रदेशको राजधानी सहर्ष स्वीकार गरेको जिकिर गरे ।

उनले मन्त्रिपरिषदको बैठकमा काठमाडौंलाई नै प्रदेश राजधानी बनाउने प्रस्ताव आएकोमा आफूले हुँदैन भनेर हेटौंडालाई अस्थायी राजधानी बनाउने निर्णय गराएको पनि बताए । देशको राजधानी आफैंमा अव्यवस्थित छ, त्यसैमा पनि प्रदेश राजधानी थपेर झन् अव्यवस्थित बनाउन हुँदैन भनेर मैले नै क्याबिनेटमा प्रस्ताव राखेको हुँ’–उनले भने–‘हेटौंडा सबैका लागि उपयुक्त स्थान हो ।’

फास्टट्रयाक र सुरुङमार्ग बनेपछि सबै जिल्लाका मानिस सहजरुपमा हेटौंडा आउनसक्ने उनको भनाइ छ । मन्त्री थापाले कानुनबमोजिम नयाँ सरकार बन्ने चरणमा रहेको भन्दै आफूहरु सरकार छाड्न आतुर रहेको बताए ।

बूढीगन्डकी जलविद्युत् आयोजना स्वदेशी स्रोत र साधनबाट निर्माण गर्ने निर्णय सरकारको ऐतिहासिक र साहसिक निर्णय भएको ऊर्जामन्त्री थापाले सुनाए । सौर्य र वायुऊर्जाको विकासका लागि कार्यनीति र कार्यविधि बनाएर कार्यान्वयनमा लगेका छौं’–उनले भने–‘यो पनि यस सरकारको महत्वपूर्ण उपलब्धि हो ।’

अर्काे एक प्रसंगमा मन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको भ्रमणले दुई देशबीचका असमझदारी हटाएर सम्बन्ध सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भारतीय विदेशमन्त्रीको नितान्त अनौपचारिक भ्रमण भएकाले यसलाई नकरात्मकरुपमा हेर्नुपर्ने जरुरी नभएको बताए ।

विदेशी अतिथिहरुसँग व्यवहार गर्दा कूटनीतिक मर्यादाका विषयमा भने ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ थियो । उनले निर्वाचनमा आफ्नो पार्टीको पराजयका विषयमा गहिरो अध्ययन भइरहेको बताए । पार्टी विभाजन, नेपाली कांग्रेससँगको गठबन्धन र सबै क्षेत्रमा उम्मेदवार उठाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको थापाको भनाइ छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago