काठमाडौँ : व्यापारीले व्यवसाय गर्दा करको प्रचलित कानूनअनुसार कारोवार गर्नुपर्नेमा जोड दिइएको छ ।
सिभिल मल व्यापार संघको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायका लागि बनेको कानूनमा परिमार्जन गर्नुपर्ने बताउनुभयो ।
“व्यक्ति विशेषका लागि कानून बनेको छ, समग्र व्यवसायीका लागि कानून बन्नुप¥यो,” उहाँले भन्नुभयो । उहाँले पछिल्लो चरणमा भन्सार सहजीकरण भए पनि व्यवसायीले दुःख पाइरहेकाले भन्सारमा दिइने कर र मूअक स्पष्ट हुनुपर्ने उल्लेख गर्नुभयो ।
कर कार्यालय त्रिपुरेश्वरका कर अधिकृत शिशिर घिमिरेले समयमा बिल, बीजक र कागजपत्र राखेर कारोवार गर्नुपर्ने बताउँदै कर छलेर कारोवार गर्नेलाई कडा कारबाही गरिने बताउनुभयो ।
संघका अध्यक्ष विजयकुमार महर्जनले सिभिल मल व्यापार संघले उपभोक्ताको हितलाई सर्वोपरि ठानेर काम गरेको जिकिर गर्नुभयो । विसं २०६७ मा व्यवसायको हक र हितका लागि स्थापित संघमा हाल १७० व्यवसायी आबद्ध छन् ।
आज सम्पन्न तेस्रो अधिवेशनले महर्जनको नेतृत्वमा पुनः ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…