तिर्थयात्री बोकेको बस दुर्घटना , कम्तिमा पनि १६ जनाको मृत्यु, २७ घाइते

भारत प्रशासित काश्मिरमा धार्मिक पर्यटक लिएर गुडिरहेको एउटा बस आइतबार सडकबाट चिप्लिएर एक खोल्सामा खस्दा कम्तिमा १६ तीर्थयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीनगरबाट १०७ किलोमिटर टाढा पर्ने रामवाण जिल्लामा दुर्घटना भएको र मृत शरीरका साथै घाइते भएका सवैजनालाई स्थानीय नागरिक र प्रहरीको सहयोगमा अस्पताल पु¥याइएको छ । मृतकका पहिचान भने भइसकेको छैन । “तीर्थयात्री रहेको बस सडकबाट चिप्लिएर श्रीनगर–जम्मु राजमार्गको नसरानास्थित खोल्सामा खसेको,” श्रीनगरका प्रहरी प्रवक्ताले जनाउनुभएको छ । घटनास्थलमा १६ जनाको मृत्य भएको छ भने १९ जनालाई गम्भीर घाइते अवस्थामा अस्पताल पु¥याइएका, उहाँले बताउनुभयो ।

आठ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका केही जनालाई विमानमार्फत जम्मुस्थित अस्पतालमा लगिएको छ । हिन्दु तीर्थधाम अमरनाथमा हरेक बर्षको वर्षायाममा खुल्ने पूजाका लागि यही जुन २९ गतेदेखि यात्राका लागि खुला गरिएपछि भएको यो यस क्षेत्रको सवैधन्दा ठूलो सडक दुर्घटना हो । यसबर्ष मात्रै एक लाखभन्दा बढी तीर्थालुले अमरनाथको भक्तिपूर्वक दर्शन गरिसकेका छन् ।

उच्च हिमालयको काखमा रहेको गुफामा भगवान् शिवको आराधना गर्न हरेक बर्ष भारतका विभिन्न राज्य, नेपाल लगायतका देशबाट ठूलो सङख्यामा उपस्थिति रहने गर्छ ।भारतमा कमजोर सडक संरचना, भौगोलिक विकटता, क्षमता भन्दा बढीभार तथा चालकको लापर्बाही लगायतका कारण बर्षेनी हजारौं व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago