बिबादित बन्दै होलाङ्ग्दी ढुङ्गाखानी बाइपास सडक

भविन्द्र गौतम, पाल्पा, मंसिर १४,

वहुचर्चित वनेको होलाङ्गदी ढुङ्गाखानी सडकमा सवारी संचालन भएपछी उक्त सडक बिबादित बनेको  छ । जिल्ला प्रशासन कार्यालय को सभाहलमा सरोकारवाला पक्ष्य बिचमा भएको बैठकले निर्णय गरेपछी बाइपास सडकमा सवारी सन्चालन भएका थिए ।

 पाल्पा पश्चिम तथा गुल्मी जाने आउने सवारी साधनलाई होलाङ्गदी ढुङ्गाखानी वाइपासको बाटोबाट पठाउन थालिएपछि त्यसको प्रभाब तानसेनमा देखियेको छ । तानसेनका व्यापारीहरू व्यापार कम भएको र वजार सुनसान भएको भन्दै निर्णय फिर्ता लिई स्वईच्छ्याले आवत जावत गर्न पाउनुपर्ने व्यवस्था मिलाउनका लागी दवाव स्वरुप तानसेनका ब्यवसायीहरु छलफलमा जुटेका छन । 

तानसेनको बजार क्षेत्रबाट अन्यत्र जाने सवारी साधन बजारवाट संचालन गरी अन्य क्षेत्र वाट छुटेका सवारी साधनलाई सडक साघुरो भएको कारण देखाई बाइपास बाट सवारी साधन संचालन गरीएको थियो ।  तत्कालको लागि अस्थायी व्यवस्थापन गर्न अर्घाखाची, गुल्मी, बाग्लुङ जाने यातायातका साधनहरु वाईपासको वाटो संचालन भएपछि तानसेनका वजारहरु सुन सान जस्तै वनेका ब्यापारिहरु बताउछन ।  केही समय पहिला वाईपासको वाटोमा ठुला मालबाहक सवारी मात्र चल्दा धुलो र प्रदुषणमात्र भएको भन्दै स्थानीयले आन्दोलन गरेपछि प्रशासनको पहलमा होलाङदी, घरमपानी, ढुंगाखानी वाइपासबाट पाल्पा पस्चिम तर्फ जाने सम्पुर्ण यातायातका सवारी साधन सञ्चालन भएका छन् । 

तानसेनको सडक सँघुरो छ सवारी चापका कारण दुर्घटनाको दर पनी वढेको छ । समाधानका लागी  बाटो चौडा गर्ने क्रममा आफ्नो घरका पेटि भत्किनेडरले विकल्पका रुपमा तानसेनबासिले  बाइपासको बाटो सुचारु गर्नुपर्ने महसुस गरेका थिए । तानसेनवासीको गलत मानसिकताले वाटो चौडा गर्न पनी नदीने र वाईपासमा सवारी संचालन हुँदा पनी विरोध गर्ने प्रवृति वढेको छ ।  बाइपास बाटोमा सवारी सन्चालन गर्दा बजारको ट्राफिक जाम कमि हुने, वायु तथा ध्वनि प्रदुषण कमि हुने ठम्याइ सरोकार वाला निकाय तानसेन नगरपालिका र प्रहरी प्रशासनको रहेको छ ।

पाल्पा उद्योग वाणिज्य संघको सभाहलमा भएको छलफल कार्यक्रममा सहभागीहरु निकै चिन्तित भई तानसेनको विकासका लागी एकजुट हुनुपर्ने र वाईपास सडकमा स्वईच्छ्याले सवारी साधन संचालन हुनुपर्ने सुझाव दिएका छन् । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा जिल्लाका राजनैतिक दल, विभिन्न संघ संस्था, यातायात व्यवसायी, तानसेनका व्यापारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago