टोक्यो । यौनजन्य अपराध गरेको अभियोगमा एक नेपाली टोकियोबाट पक्राउ परेका छन् । टोकियोका ताइतो वार्डमा घर फर्किरहेकी २० बर्षिय एक जापानी युवतीलाई जबर्जस्ति यौन अपराध गरेको अभियोगमा शिब न्यौपाने नाम गरेका नेपाली बिद्यार्थी पक्राउ परेका हुन् ।
गत जुन महिनामा जेआर उगुइसुदानी स्टेशनबाट आफ्नो घर फर्किरहेकी उनलाई ‘होटेल तिर जाउँ’ भन्दा ति महिलाले बेवास्ता गरेपछि जबर्जस्ति चुम्बन गरेको र स्तन छुने जस्ता हर्कत गरेको अल निप्पोन न्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
टोकियो महानगर प्रहरीका अनुसार युवति प्रहरीकहाँ जान लागेपछि उनी भागेका थिए । प्रहरीका अनुसार २७ बर्षिय न्यौपाने अपराध गरेपछि लुकिछिपी बस्ने गरेको र सिसिटीभी क्यामेराको सहायताले उनलाई हाल पक्राउ गरिएको हो ।
उनलाई प्रहरी ले सोध पुछ गर्ने क्रममा ‘रक्सीले मातेको बेला’ यस्तो अपराध गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…