जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति ५ नम्बर प्रदेशको सात सदस्यीय प्रादेशिक तदर्थ समिती गठन

भबिन्द्र गौतम
पाल्पा, १५ असोज ।
बिज्ञाको बुद्धि प्रबिधिको प्रगती, धर्मको विवेक सहृदयताको सम्बन्ध, विकास न्याय स्वाधीनता समृद्धिमा नेपालको, सहृदयी तराइ मधेश पहाड र हिमालको´ भन्ने मुल मन्त्र रहेको जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति ५ नम्बर प्रदेशको भेलाले सात सदस्यीय प्रादेशिक तदर्थ समिती गठन गरेको छ । रुपन्देहीको भलुहीमा सम्पन्न प्रदेश भेलाले श्रीमती राधादेबि अधिकारीको संयोजकत्वमा ७ सदस्यीय प्रदेश समिति गठन गरेको हो । जसको प्रदेश प्रभारीमा बाकेका मित्रलाल सापकोटा, प्रदेश सचिबमा पाल्पाका भबिन्द्र गौतम, सदस्यहरुमा रुपन्देहिका श्रीराज तिमिल्सेना, दिपक के सी, नवलपरासीका हिम न्यौपाने, र दाङका भैरब कुमार डागी रहेका छन ।

जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिका महासचिब डा. लक्ष्मी प्रसाद खतिवडा को प्रमुख आतिथ्यता मा भयको कार्यक्रममा बोल्ने बक्ताहरुले सहृदयताको सम्बन्धका आधारमा नेपालको मौलिक पुुनर्जागरणको संकल्प लिएको यो सस्थाले मौलिकता र सस्कृती रक्षाका लागि बहुउपयोगि काम गर्नुपर्ने धारणा राखेका थिय । प्रमुख अतिथी खतिवडा ले शिक्षा र उध्यमसिलता को माध्यम बाट धर्मको बिबेक प्रयोग गरि समृद्ध समाज निर्माण को संकल्प लियको हुदा सबैले तनमनका साथ समर्थन गर्न आग्रह गर्नुभयो । जरो र किलो अभियानले वैज्ञानिक सत्ययुुगलाई आफ्नो लक्ष्य बनाएको पनि खतिवडा ले बताउनुभयो ।

जरो किलो महाअभियान करिब दुुई दशक अघिदेखिको सैद्धान्तिक, वैचारिक, नीतिगत चिन्तनपश्चात् डा. निर्मलमणि अधिकारीको आह्वानमा वि.स. २०७२ मा वसन्तपञ्चमीको दिनमा स्थापना भएको हो । नेपालको मौलिक चिन्तन पद्धतिमा आधारित शिक्षातन्त्र, अर्थतन्त्र, समाजतन्त्र तथा राजनीतिक व्यवस्थाको अनुुसन्धान तथा कार्यन्वयनबाट नेपाललाई अग्रणी बनाउन यस अभियानको शंखघोष भएको अभियानले जनाएको छ । आयातित विदेशी दर्शन, मानक तथा प्रतिमानहरुलाई विस्थापित गरि नेपालको रैथाने ज्ञान–परम्परा दर्शन तथा प्रतिमानलाई स्थापित गराउन स्थापनाकाल देखि यस अभियानले विभिन्न सैद्धान्तिक तथा व्यवहारिक कार्य गर्दै आएको छ ।

महाअभियानका सङ्कल्पकर्ता डा. अधिकारी विभिन्न विधाका विज्ञ हुन् । उनी हाल काठमाण्डौं विश्वविद्यालयमा सह–प्राध्यापको रुपमा कार्यरत छन् । उनी एक सिद्धान्तकार, सफल लेखक, शोधकर्ता, कुुशल वक्ता, महागुुरु, सामाजिक कार्यकर्ता, भावुुक कवि, राजनैतिक विचारक, अभियानकर्ता आदि रुपमा चिनिन्छन् ।
समाजका निम्ति सुखद परिबर्तनको लक्ष्य लियको यो संस्था नेपाली हरुको मनमा बस्न सफल रहोस । नेपालको बिकाश र नेपालिहरुको जिवन्स्तर सुधारमा जरो किलो महाअभियान एक सिढी बनोस हाम्रो पनि शुभकामना ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago