जनताको अपेक्षा अनुसार काम गर्छौंः प्रचण्ड

काठमाडौं  बैशाख १८ ,

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। अध्यक्ष दाहालले जनताले राजनीतिक स्थिरता र विकास तथा समृद्धि र समुन्नतिको अपेक्षा गरेको भन्दै सोही जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरुको काँधमा आएको पनि स्पष्ट पारे।

मंगलबार बबरमहलमा निर्माण गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रिय कार्यालय भवनको उद्घाटन गर्दै उनले जनताले गरेको आशा र भरोसा अनुसार काम गर्ने जिम्मेवारी कर्मचारीहरुमाथि पनि आएको स्मरण गराउनुभयो ।

उहाले युद्धलाई शान्ति र शान्ति प्रक्रियामार्फत् मुलुकमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गरेको आफूहरुले अव जनताको अपेक्षा अनुसार काम गर्ने अवसर प्राप्त भएको पनि उल्लेख गरे। अध्यक्ष दाहालले जनताले मुलुकमा राजनीतिक अराजकताको अन्त्य भएको र विकास, निर्माणको कामले गति लिएको हेर्न चाहेको पनि बताउनुभयो ।

अध्यक्ष दाहालले जनताले बामपन्थीहरुलाई मुलुकको समृद्धिका लागि दुई तिहाई बहुमत दिएको उल्लेख गर्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढने योजना पनि अघि सारे। कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री जनार्दन शर्माले बदलिँदो परिवेश अनुसार आफूलाई बदल्न कर्मचारीहरुलाई सचेत गराउनुभयकोथियो ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago