काठमाडौं बैशाख १८ ,
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। अध्यक्ष दाहालले जनताले राजनीतिक स्थिरता र विकास तथा समृद्धि र समुन्नतिको अपेक्षा गरेको भन्दै सोही जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरुको काँधमा आएको पनि स्पष्ट पारे।
मंगलबार बबरमहलमा निर्माण गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रिय कार्यालय भवनको उद्घाटन गर्दै उनले जनताले गरेको आशा र भरोसा अनुसार काम गर्ने जिम्मेवारी कर्मचारीहरुमाथि पनि आएको स्मरण गराउनुभयो ।
उहाले युद्धलाई शान्ति र शान्ति प्रक्रियामार्फत् मुलुकमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गरेको आफूहरुले अव जनताको अपेक्षा अनुसार काम गर्ने अवसर प्राप्त भएको पनि उल्लेख गरे। अध्यक्ष दाहालले जनताले मुलुकमा राजनीतिक अराजकताको अन्त्य भएको र विकास, निर्माणको कामले गति लिएको हेर्न चाहेको पनि बताउनुभयो ।
अध्यक्ष दाहालले जनताले बामपन्थीहरुलाई मुलुकको समृद्धिका लागि दुई तिहाई बहुमत दिएको उल्लेख गर्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढने योजना पनि अघि सारे। कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री जनार्दन शर्माले बदलिँदो परिवेश अनुसार आफूलाई बदल्न कर्मचारीहरुलाई सचेत गराउनुभयकोथियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…