लायन्स क्लव अफ आँबुखैरेनी सिटिको प्रथम साधारण सभा तथा ऐना पहरा पूर्वाधार निर्माण परियोजनाको एक कार्यक्रम गरी शिलान्यास ।

आँबुखैरेनी, १५ वैशाख ,

लायन्स क्लव अफ आँबुखैरेनी सिटिको प्रथम साधारण सभा तथा ऐना पहरा पूर्वाधार निर्माण परियोजनाको शनिबार एक कार्यक्रम गरी शिलान्यास गरिएको छ । सिटीका अध्यक्ष लायन रत्न कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभा उद्योग वाणिज्य संघ आँबुखैरेनी ईकाईको सभाहलमा सम्पन्न भएको थियो ।

ऐना पहरा पूर्वाधार निर्माण परियोजनाको शिलान्यास कार्यक्रमका प्रमुख अतिथी लायन्स डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर (ई.) एम.जे.एफ.  लायन अशोक कुमार श्रेष्ठ र विशिष्ठ अतिथी आँबुखैरेनी गाँउपालिका अध्यक्ष गिर बहादुर थापाले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले आँबुखैरेनी–२ मा रहेको ऐना पहारालाई प्रदेश नं. ४ को गौरवको योजना बनाउन सुझाव दिनुभयो । उक्त स्थलको निर्माण भैसकेपश्चात संरक्षण र संम्बद्र्धनमा सबैको ध्यान पुग्नु आवश्यक रहेको थप बताउनुभयो ।

गाँउपालिकाको करिब ५ लाख लागतमा सुरु गरिएको उक्त परियोजना असार १५ गते भित्र सक्ने लक्ष्य राखिएको नव निर्वाचित सिटीका अध्यक्ष लायन प्रेम कुमार श्रेष्ठले बताउनु भयो ।यस्तै आजै सम्पन्न लायन्स क्लव अफ आँबुखैरेनी सिटिको प्रथम साधारण सभाले लायन प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । सिटिको प्रथम उपाध्यक्षमा लायन यादव बाबु श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लायन शिवलाल खनाल, तेस्रो उपाध्यक्षमा लायन ऋषि के.सी. सचिवमा अगमराज उपाध्याय र कोषाध्यक्षमा लायन श्री कुमार थापा चयन भएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago