लायन्स क्लव अफ आँबुखैरेनी सिटिको प्रथम साधारण सभा तथा ऐना पहरा पूर्वाधार निर्माण परियोजनाको एक कार्यक्रम गरी शिलान्यास ।

आँबुखैरेनी, १५ वैशाख ,

लायन्स क्लव अफ आँबुखैरेनी सिटिको प्रथम साधारण सभा तथा ऐना पहरा पूर्वाधार निर्माण परियोजनाको शनिबार एक कार्यक्रम गरी शिलान्यास गरिएको छ । सिटीका अध्यक्ष लायन रत्न कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभा उद्योग वाणिज्य संघ आँबुखैरेनी ईकाईको सभाहलमा सम्पन्न भएको थियो ।

ऐना पहरा पूर्वाधार निर्माण परियोजनाको शिलान्यास कार्यक्रमका प्रमुख अतिथी लायन्स डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर (ई.) एम.जे.एफ.  लायन अशोक कुमार श्रेष्ठ र विशिष्ठ अतिथी आँबुखैरेनी गाँउपालिका अध्यक्ष गिर बहादुर थापाले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले आँबुखैरेनी–२ मा रहेको ऐना पहारालाई प्रदेश नं. ४ को गौरवको योजना बनाउन सुझाव दिनुभयो । उक्त स्थलको निर्माण भैसकेपश्चात संरक्षण र संम्बद्र्धनमा सबैको ध्यान पुग्नु आवश्यक रहेको थप बताउनुभयो ।

गाँउपालिकाको करिब ५ लाख लागतमा सुरु गरिएको उक्त परियोजना असार १५ गते भित्र सक्ने लक्ष्य राखिएको नव निर्वाचित सिटीका अध्यक्ष लायन प्रेम कुमार श्रेष्ठले बताउनु भयो ।यस्तै आजै सम्पन्न लायन्स क्लव अफ आँबुखैरेनी सिटिको प्रथम साधारण सभाले लायन प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । सिटिको प्रथम उपाध्यक्षमा लायन यादव बाबु श्रेष्ठ, द्वितीय उपाध्यक्षमा लायन शिवलाल खनाल, तेस्रो उपाध्यक्षमा लायन ऋषि के.सी. सचिवमा अगमराज उपाध्याय र कोषाध्यक्षमा लायन श्री कुमार थापा चयन भएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago