एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं, माघ १८ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा बिहीबार काठमाडौं अाउनु भएकी स्वराजले नेपालका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगकाे भेटका क्रममा विदेशमन्त्री स्वराजले नेपालको भावी प्रधानमन्त्रीका रुपमा मोदीको तर्फबाट बधाई सन्देश सुनाउने कार्यक्रम छ । यसअघि मोदीले ओलीलाई फोन गरेर भावी प्रधानमन्त्रीका रुपमा बधाई तथा भारत भ्रमणको निम्तो दिनुभएकाे थियाे ।
भारतीय विदेशमन्त्री स्वराजले यसलाई सांस्कृतिक भ्रमणको संज्ञा दिँदै दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पुर्‍याउन आफू नेपाल आएको बताउनुभएकाे छ। अाेलीसँग भेटेपछि स्वराजकाे अन्य दलका नेतालार्इ भेटने कार्यक्रम रहेकाे छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago