संसारकै धनी बेजोस अतृप्त रहने। अध्ययन, अनुसन्धान र आविष्कारमा कहिल्यै पछि नपर्ने।

फोर्ब्स पत्रिकाले गत जुलाई २७ तारिखको रात विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्‍यो। चार वर्षदेखि लगातार अग्रस्थानमा रहँदै आएका बिल गेट्स दोस्रोमा झरे। उनलाई उछिनेरजेफ बेजोस संसारकै धनी बन्न सफल भए।

सर्वाधिक धनीको कुर्सीमा उनी आधा रात पनि टिक्न सकेनन्।बेजोस त्यति भाग्यमानी ठहरिएनन्।

बेजोसलाई ‘संसारकै धनी’ का रूपमा पाएर सुतेकाहरू बिहान उठ्दासम्म त्यो कुर्सीमा गेट्स नै फर्किसकेका थिए।

यो घटनाको ठीक तीन महिनापछि गत शुक्रबार फोर्ब्सले अर्को सूची सार्वजनिक गर्‍यो, जसमा गेट्स फेरि पछि परे। उनलाई उछिन्ने अरू कोही होइन, उनै बेजोस थिए।

अघिल्लोचोटि पाँच घन्टा संसारकै धनी भएका बेजोस फेरि पनि त्योभन्दा बढी टिक्न नसक्ने धेरैको अड्कलबाजी रह्यो।

यसपालि भने बेजोस भाग्यमानी ठहरिए।

सबैको आकलन गलत सावित गर्दै उनी लगातार चार दिनदेखि संसारकै धनी छन्। र, यसपालि उनी यो स्थानमा टिकेर बस्ने विश्लेषण गरिएको छ।

गत जुलाईमा बेजोसको सम्पत्ति गेट्सको भन्दा २ करोड डलर मात्र बढी थियो। यसपालि ५ अर्ब डलर बढी छ। यति फराकिलो अन्तरमा तुरुन्तै बेजोसलाई पछ्याउन गाह्रै हुन विश्लेषकहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय वित्तीय समाचार संस्था ‘ब्लुमबर्ग’ का अनुसार गत शुक्रबार बेजोसको अनलाइन रिटेलर कम्पनी अमेजन इंकको सेयर १३.२ प्रतिशत बढ्यो। यसले उनको स्वामित्वमा रहेको सम्पत्तिको मूल्य १० अर्ब २० करोड डलर वृद्धि भएको छ। यो वृद्धि जारी रहेको र सोमबारसम्म बेजोसको कुल सम्पत्ति ९३ अर्ब ८० करोड डलर पुगेको ब्लुमबर्गले जनाएको छ।

धनाढ्य सूचीमा लामो समय अगाडि रहेका गेट्सलाई पछि पार्ने बेजोसको यात्रा भने लामो छैन। उनी सन् २०१६ मा एकैपटक विश्वका पाँचौं धनी बन्न सफल भएका थिए। यो वर्ष तेस्रो स्थानमा पुगेका थिए।

अमेजनलाई विश्वकै ठूलो कम्पनी बनाएपछि धेरैले बेजोससँग सोधेका छन्,। तपाईंको सफलताको सूत्र के हो?’

बेजोस सफलताका आधारहरु के के हुन्  र उहाँले कसरी सफलता प्राप्त प्राप्त गर्नुभयो,बेजोसका रोचक प्रसङ्ग तल  प्रस्तुत गरिएको छ।

१.दीर्घकालीन कदम चाल्नु।

२.आफ्नो रहर मेटाउन जुन बाटो रोज्नु त्यहि बाटोमा रमाउनु  र त्यही बाटोलाई गर्व गर्नु।

३.आफ्नो नियम आफैं बनाउनुहोस्।

४.ठूलो समूहको काम कम उत्पादनमूलक हुन्छ भन्ने बेजोसको मान्यता ।

५.भविष्य उजागर गर्नुछ भने आज ओझेलमा पर्ने निर्णय गर्न नडराउनुहोस्।

६.उनको काम गर्ने अर्को तरिका अतृप्त रहने। अध्ययन, अनुसन्धान र आविष्कारमा कहिल्यै पछि नपर्ने।

७.अत्यधिक कामको चाप र समयसीमाका बाबजुद उनी निद्रा मार्दैनन् उनी दिनको आठ घन्टा सुत्छन्।

८. काम र व्यक्तिगत जीवनबीच सन्तुलन नभए सफलताको सिँढी उक्लन गाह्रो हुने बेजोसको विश्वास छ।

९.बेजोसको अर्को अनौठो बानी पनि छ– उनी घरमा रातको खानापछि आफैं भाँडा सफा गर्दछन 

 

Sanjay poudyal

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago