भ्रमण वा रोजगारीका लागि सिंगापुर जाँदै हुनुहुन्छ ? त्यसो भए अनिवार्य यी ७ कुरामा ध्यान दिनुहोला

भ्रमण वा रोजगारी लागि सिंगापुर जाँदै हुनुहुन्छ यो सामग्री तपाईलाई निकै सहयोगी बन्न सक्छ । सिंगापुरको सुरक्षा निकै कडा छ त्यसैले गर्दा साधारण र सामान्य लाग्ने व्यवहारको कारण पनि तपाइँलाई प्रहरीले समात्न सक्छ  जेलमा राख्न सक्छ. आज हामी तपाईंलाई यस्तै विशेष कामका बारेमा जानकारी गराउने रहेका छौं जुन कुरा सामान्य भएपनि सिंगापुरमा भने कडाइका साथ लागू गरिन्छ.

१.सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध.

विश्वका धेरै देशहरुमा सार्वजनिक स्थानमा धुम्रपानगर्न निषेध गरिएको छ. तर पनि विशेषगरी सिंगापुरमा सार्वजनिक स्थानमा धुम्रपान गरिएको भेटिएमा जरिवानाको  पनि व्यवस्था गरिएको छ. त्यसैले सिंगापुरको सार्वजनिक स्थानमा धुम्रपान गर्न अघि बिचार  बिचार  पुर्याउनुहोला.

२.वाई फाई पासवर्ड

नेपालमा अरूको वाईफाईको पासवर्ड थाहा पाएर चलाउन सामान्य कुरा हो . तर सिंगापुरमा भने यदि तपाईंले अरूको वाई फाई पासवर्ड थाहा पाएर प्रयोग गरिरहनुभएको छ भने तपाईलाई चलाएवापत तीन वर्षसम्म जेल सजाय हुनसक्छ.

३. घरभित्र पनि नग्न हुन पाईदैन 

सिंगापुरमा तपाई आफै एक्लै घरभित्र नाङ्गो अवस्थामा घुम्न पाउनुहुन्न । यदी तपाइँ घरमा न्यूड अवस्थामा देखिनु भयो र उक्त अवस्थामा पक्राउ पर्नुभयो भने सरकारले पोर्नोग्राफीको मुद्धा लगाउबं सक्छ । साथै २ लाख भन्दा बढी फाइन लगाउन सक्छ ।

४.ट्वाइलेट फ्लश गर्न नभुल्नुस 

सिंगापुरमा ट्वाइलेट प्रयोग गरिसकेपछी फ्लश नगर्नु पनि अप्राद मानिन्छ । यो नियम सार्वजनिक ट्वाइलेटमा लागु गरिएको छ । यसको लागि तपाइले १० हजारसम्मको फाइन लाग्छ ।

५. चुइंगम बेच्न वा खान पाइंदैन  

सिंगापुरमा च्युइंगम बेच्न र खान निषेध छ । २००४ देखि सिंगापुरमा यो बिषय कानूनी रुपमा बन्देज छ । यदी तपाइँ चुइंगम खाँदै गरेको भेटिनुभयो वा तपाइको साथमा चुइंगम भेटियो भने पक्राउ पर्न सक्नुहुन्छ । यसको सजाय २ बर्ष जेल वा ५० हजारसम्म तिर्नुपर्ने हुन्छ ।

६. समलिंगी यौनसम्बन्ध ब्याण्ड छ  

सिंगापुरमा एकै लिंगका पुरुष-पुरुष वा महिला-महिला बीचको यौन कार्य ब्याण्ड छ । यदी यसो गरेको भेटिएमा २ बर्षको जेल सजाय हुन्छ ।

७. कतैपनि थुक्न तथा फोहोर फाल्न मनाही  

सिंगापुरमा सार्वजनिक स्थानमा कतैपनि थुक्न वा कुनै फोहोर फाल्न पाउनुहुन्न यदी त्यसो गरेमा कानुनी रुपमा यसलाई ठुलो मुद्दा मानिन्छ । सार्वजनिक स्थानमा थुक्नु वा फोहोर गर्दा १ लाख भन्दा बढी फाइन तिर्नुपर्ने हुन्छ ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago