छोरी जन्माउने लाई ८ लाख पुरस्कार !

परम्परागत समाजमा छोरा र छोरीबीच अझै पनि भेदभाव छ । समाजले छोरीलाई हेयको दृष्टिले हेर्ने चलन अझै पूरै हटेको छैन । यहीँ विभेदको मानसिकतालाई चिर्नका लागि एउटा अनौठो उपाय अबलम्बन गरेको छ सरकारले । जस अनुसार सन् २०१८ देखि अस्पतालमा जन्मिने हरेक बालिकाका बुवाआमाले ८ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । छिमेकी मुलुक भारतको कर्नाटक राज्यस्थित बीबीएमपी अस्पतालको हो ।

त्यहाँ आगामी जनवरी १ देखि जन्मिने हरेक छोरीका अभिभावकले प्रोत्साहन स्वरुप ५ लाख भारु पुरस्कार पाउनेछन् । अस्पतालले त्यहाँ जन्मिने छोरीहरुको शिक्षादीक्षामा सहयोग पुगोस् भनेर छोरी जन्मिँदा प्रोत्साहन पुरस्कार दिने घोषणा गरेको हो । उक्त पुरस्कार रकम अस्पतालका आयुक्त तथा जन्मिने बालिकाको संयुक्त बैंक खातामा जम्मा गरिनेछ । उक्त रकमलाई बालिका स्कुल पढ्न जाने उमेरकी भएसँगै उनको शिक्षामा खर्च गरिनेछ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago