श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो ।
उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्रेको तुलसीपुर प्रहरीले जनाएको छ । चन्द्रबहादुरलाई बिहीबार बिहान उपचारका लागि तुलसीपुर ल्याएपछि घटना सार्वजनिक भएको हो ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि चन्द्रबहादुरलाई नेपालगञ्जतर्फ पठाइएको प्रहरीले जनाएको छ ।बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमानलाई समातेर उनले घरेलु हतियारले औंला काटिदिएकी थिइन् ।
आवेगमा आएर औंला काटिदिएको र पोलेर खाएको वयान उनले प्रहरीलाई दिएकी छन् । रिसमी चन्द्रबहादुरकी जेठी श्रीमती हुन् । चन्द्रबहादुरले ६ वटी श्रीमती बिहे गरेको तर जेठी श्रीमतीसँग बस्दै आएको स्थानीय बताउँछन् ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…