काठमाडौंको गौशालामा रहेको पशुपति भिजनस्थित आमादब्लम होटलमा एक भारतीय नागरिकको हत्या भएको छ।बुधबार राति भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो। कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियो।
होटल प्रशासन र गुरुङबीच झगडापछि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको महानगरीय प्रहरी बृत गौशालाका डिएसपी अनुपम श्रेष्ठले बताए।डिएसपी श्रेष्ठले भने ‘होटेल पक्ष र गुरुङबीच झगडा भएको देखिएको छ। थप अनुसन्धान गर्दैछौं।’
मदिरा सेवनबाट उत्पन्न विवादपछि होटल प्रशासन र गुरुङबीच झगडा भएको प्रहरीको भनाइ छ। गुरुङ बुधबार साँझ उक्त होटेलमा बस्न पुगेका थिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले होटेल कर्मचारीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…