भारतीय नागरिकको हत्या, होटल सञ्चालकसहित पाँच जना पक्राउ’

काठमाडौंको गौशालामा रहेको पशुपति भिजनस्थित आमादब्लम होटलमा एक भारतीय नागरिकको हत्या भएको छ।बुधबार राति भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो। कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियो।

होटल प्रशासन र गुरुङबीच झगडापछि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको महानगरीय प्रहरी बृत गौशालाका डिएसपी अनुपम श्रेष्ठले बताए।डिएसपी श्रेष्ठले भने ‘होटेल पक्ष र गुरुङबीच झगडा भएको देखिएको छ। थप अनुसन्धान गर्दैछौं।’

मदिरा सेवनबाट उत्पन्न विवादपछि होटल प्रशासन र गुरुङबीच झगडा भएको प्रहरीको भनाइ छ। गुरुङ बुधबार साँझ उक्त होटेलमा बस्न पुगेका थिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले होटेल कर्मचारीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago