नयाँ दिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार यहाँको रेलसेवा अवरुद्ध भएको समाचार छ । भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा बुधबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतीय अधिकारीहरुका अनुसार बुधबार बिहान कम्तीमा पनि ३० वटा रेलको सेवा अवरुद्ध भएको छ । बिहान सवेरैदेखि सेवा दिनुपर्ने ती रेलमध्ये कमैले मात्र बुधबार मध्यान्हमामात्र सेवा सुरु गरेका छन् ।
त्यसैगरी हुस्सुका कारण बुधबार बिहानका १८ वटा रेलको सेवा नै रद्द हुन पुगेको बताइएको छ । बाक्लो हुस्ससका कारण बाटो नदेखिएकोले रेल सेवा अवरुद्ध हुन पुगेको जानकारी अधिकारीहरुले दिएका छन् ।
नयाँ दिल्लीका कैयौँ स्थानमा वायु प्रदुषणको मात्रा बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । बुधबार दिनभर पनि यहाँको तापक्रम र हुस्सुको मात्रा दुवै घट्ने मौसम विज्ञान विभागले जनाएको छ ।
साथै उक्त विभागले बुधबार दिउसोको तापक्रम बढीमा २८ डिग्री र न्युनतम सात डिग्री सेल्सियस रहने अनुमान गरेको पनि नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…