ललितपुरद्वारा पोखरा पराजित

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ६ विकेटले पराजित गर्दै जीत हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३२ रनको योगफल बनायो । १३३ रनको विजय लक्ष्य पच्छाएको ललितपुरले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । ललितपुरको यो दोस्रो जीत हो ।

यसअघि ललितपुरले काठमाडौँलाई पराजित गरेको थियो । जीतसँँगै ललितपुर प्ले अफमा पुगेको छ भने खेलमा हार ब्यहोरेको पोखराले पनि यसअघि नै प्ले अफमा पुगिसकेको छ ।

ललितपुरको जितमा जयकिसन कोल्सावाला सर्वाधिक ५६ रनको योगदान दिए । त्यसैगरी शंकर रानाले ३५, कप्तान ज्ञानेन्द्र मल्लले २७ तथा दीपेश भण्डारीले ८ रन जोडे । पोखराका इसरार उल्लाहले २ विकेट लिए भने शक्ति गौचन र सुसन भारीले समान एक–एक विकेट लिए ।

यता पोखराका लागि भने सुनिल धमलाले सर्वाधिक ७० रनको योगदान दिए । ६२ बल खेलेका उनले ५ छक्का र २ चौकाको मद्दतमा अविजित ७० रन जोडेका हुन् । त्यसैगरी राजेश पुलामी मगरले ३२ तथा विनोद भण्डारी १२ रन जोड्दै बाहिरिए ।

लतिपुरका दीपेश भण्डारी, ललितनारायण राजवंशी, रसिद खान र सन्दीप लामिछानेले समान १/१ विकेट लिए । खेलको ‘म्यान अफ दी म्याच’ भने ललितपुरका जयकिसन कोल्सावाला घोषित भए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago